भाँचिएको दायाँ हात, बायाँमा प्लास्टर

शनिबार, ०२ असार २०७५, ०७ : २६ पवित्रकुमार शाही

3109


कालिकोट - जिल्ला अस्पताल कालिकोटमा डाक्टरको चरम लापरबाही देखिएको छ। एक बालिकाको दायाँ हात प्लास्टर गर्नुपर्नेमा बायाँ हात प्लास्टर गरिएको छ। साबिक राम्नाकोट–४ हाल पचालझरना गाउँपालिका वडा नम्बर ५ निवासी ४ वर्षीया दैनाकुमारी बमको बायाँ हात प्लास्टर गरिएको छ। डाक्टरले आकस्मिक कक्षमा लगेर चेकजाँच गर्दा दायाँ हात फ्याक्चर भएको पुष्टि भए पनि लापरबाहीले बायाँ हात प्लास्टर गरिएको छ।

‘हामीले त छोरीको दायाँ हात भाचियो भनेको हुँ’, बिरामीका बुवा धीरबहादुर बमले भने, ‘तर डाक्टरले बायाँ हात प्लास्टर गरिदिनुभयो ।’ डाक्टरले लापरबाही गरेको स्थानीय रत्न शाहीले बताए। बिरामीको एक्सरे गरेको र चेकजाँच गरेको आधिकारिक रिपोर्टमा भने दायाँ हातको विवरण छ।

बालिकाको उपचारमा संलग्न एमडिजिपी डाक्टर विज्ञान प्रजापति हुन्। उनले भने, ‘बिरामीका बुवाले नै बायाँ हात भनेकाले पलास्टर गरेको हुँ। चेकजाँच रिपोर्ट हेर्नेभन्दा पनि बिरामीका आफन्तले भनेको सुनेर काम गरें। तर फेरि बिरामीलाई बोलाएर दायाँ हात पलास्टर गरिसकेको छु।’







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

‘२० लाख पर्यटक भित्र्याउन सकिन्छ’

‘२० लाख पर्यटक भित्र्याउन सकिन्छ’

पर्यटन मन्त्रीले पर्यटन क्षेत्रमा विशेषज्ञता हाँसिल गरेका व्यवसायी तथा विज्ञहरुकोे थिंक ट्याङक ग्रुप वनाउनु भएको छ र त्यसको पहिलो बैठक...

महादेव पदमार्ग

महादेव पदमार्ग

मनसुनको सुरुवात, खेतमा असारे भाकामा रोपाईं गरिरहेका रोपाहार, कृषि कर्मको सुगन्ध दिने मनसुन । ‘मानो रोपेर मुरी फलाउने’ किसानको चाडसँगै...

आमा बन्दै प्रियंका

आमा बन्दै प्रियंका

अमेरिकी गायक निक जोनाससँग डेट गरिरहेकी बलिउड नायिका प्रियंका चोपडा आमा बन्ने भएकी छन् । उनी वास्तविक जीवनमा नभई निर्माण...

‘मै जस्तो भैरे’

‘मै जस्तो भैरे’

सहायक कलाकारका रुपमा फिल्मी करियर सुरु गरेका नायक दयाहाङ राईले प्रमुख भूमिकामा अभिनय गर्दासम्म विभिन्न चरित्र निर्वाह गरिसकेका छन् ।