१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

रणवीरसँग रिसाइन् कट्रिना

रणवीर कपुर र कट्रिना कुनै जमानामा प्रेमी–प्रेमिका थिए । उनीहरूले ‘ब्रेकअप’ पछि पनि एकअर्कालाई बिझ्ने गरी बोलेका थिएनन् । एक अन्तर्वार्तामा रणवीरले भनेका थिए, ‘कट्रिना मेरो जिन्दगीकी प्रेरणादायक महिला हुन् ।’ तर, हालसालै के खबर आएको छ भने उनी कट्रिनाका ‘पर्सनल म्यासेज’ आफ्ना साथीहरूलाई देखाउँदै हिँड्छन् ।

एक अखबारका अनुसार यही कारण कट्रिना रणवीरसँग रिसाएकी छिन् । केही दिनपहिले रणवीरले एक अन्तर्वार्तामा कट्रिनासँगको आफ्नो सम्बन्धबारे खुलेर कुराकानी गरेका थिए । उनले भनेका थिए, ‘मेरा आमाबुबापछि कट्रिना एकमात्र यस्ती महिला थिइन्, जो मेरो जिन्दगीमा जोडिइन् र मलाई अगाडि बढ्न प्रेरणा दिइन् ।’

कट्रिनाले आफ्ना निकट साथीहरूलाई रणवीर एकदमै बनावटी मान्छे भएको बताउँदै आएकी छिन् । उनी रणवीरले सम्बन्धलाई महŒव नदिएको ठान्छिन् । उनीसँग समर्पण भाव नभएको कट्रिनाको ठहर भएको उनका साथीहरूले बेलामौका बताउने गरेका छन् ।

प्रकाशित: १९ भाद्र २०७३ ०७:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App