१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चट्याङले जिल्ला समन्वय समिति उपप्रमुखसहित ४ घाइते

उदयपुर – बिहीबार बिहान बर्षासँगै परेको चट्याङ लागेर उदयपुरमा जिल्ला समन्वय समिति उपप्रमुखसहित ४ जना घाइते भएका छन्। घाइते हुनेमा उपप्रमुखकै घरका ३ सदस्य छन् भने रौतामाईकी एक युवती रहेकी छिन्। 

बिहान अन्दाजी १ः३० बजे हावाहुरीसँगै परेको चट्याङ लागेर त्रियुगा नगरपालिका १० बोक्सेस्थित घरमै सुतिरहेकी उपप्रमुख ३९ वर्षीया गंगा राई, उनकी जुम्ल्याहा बहिनी ३९ कै जमुना र आमा ७५ वर्षीया पथरमाया राई घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

चट्याङले उपप्रमुख राईको शरिरका विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ। प्रहरी कार्यालयबाट १ किलोमिटर टाढा आप्mनै घरमा चट्याङ लागेर उनीहरू घाइते भएको तर, अहिले अवस्था सामान्य भइसकेको प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए। चट्याङले उपप्रमुख राईको १ लाख ५० हजार बराबरको धनमालसमेत क्षति भएको छ। 

यस्तै बिहीबार बिहानै चट्याङ लागेर उदयपुरकै रौतामाई गाउँपालिका ४ गोगनेकी १६ वर्षीया मैना विक घाइते भएकी छिन्। घरमै सुतिरहेका बेला बिहान २ः०० बजेको समयमा लागेको चट्याङले उनी घाइते भएको गाउँपालिका कार्यालयले जनाएको छ। उनको शरिरको आधा भाग डढेको र जिल्ला अस्पताल उदयपुरमा उपचारार्थ ल्याइदै गरेको स्थानीय दिपक राईले बताए। 

त्यसैगरी चट्याङले रौतामाई २ कै एकजनाको घर सामान्य चर्केको छ भने एकजनाको खसी मर्नुका साथै अर्का एकको सोलार सेटमा क्षति पुगेको छ। स्थानीय लोकबहादुर कार्कीको घर चट्याङकै कारण सामान्य चर्केको छ भने अर्जुन राउतको खसी मरेको छ। त्यसैगरी सोही ठाउँका जहानसिंह दाहालको ४० वाट क्षमताको सोलारसेट जलेर नष्ट भएको वडाध्यक्ष खबिन्द्र रास्कोटी ठकुरीले बताएका छन्। 

प्रकाशित: ३१ जेष्ठ २०७५ १०:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App