१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अन्तिम सेमिफाइनलमा एपिएफ र थ्री स्टार भिड्दै

सर्लाही – २ नम्बर प्रदेशकै सर्वाधिक पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा बिहीबार (आज) रुस्लान थ्री स्टार क्लब सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ। 

पहिलो चरणमा भारतको युनाइटेड सिक्किम तथा क्वाटरफाइनलमा विजय युथ क्लब हेटौंडालाई हराउँदै सेमिफाईनलको यात्रा तय गरेको एपिएफ तथा सोझै बाई पाएर क्वाटरफाइनलमा कास्की–११ पोखरालाई पराजित गरेको थ्री स्टारबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। थ्री स्टारले यो सिजन माइभ्याली गोल्डकप र उदयपुर गोल्डकपको उपाधि उचालिसकेको छ भने एपिएफ जितबिहीन छ। 

दिउँसो ४ बजेदेखि हुने खेलमा बाजी मार्ने टिमले आगामी शनिबार (असार २ गते) हुने फाइनलमा नेपाल पुलिससँगको भेट पक्का गर्नेछ। पुलिसले हिजो भएको पहिलो सेमिफाइनल खेलमा झापा ११ लाई १–० ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ।

प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ। त्यस्तै प्रत्येक विधाका उत्कृष्ट खेलाडीले पनि पुरस्कार हात पार्ने आयोजकले जनाएको छ।

प्रकाशित: ३१ जेष्ठ २०७५ ०६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App