१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

यातायात व्यवस्था कार्यालय बर्दिवासमा सेवाग्राहीको चाप बढ्यो

यातायात व्यवस्था सेवा कार्यालय बर्दिवासका निमित्त प्रमुख पोषण थापा सेवाग्राहीलाई सेवा दिदैं । तस्वीर : महेशकुमार दास/नागरिक

महोत्तरी – भंगहा २ का रोहित कुमार शाह मोटरसाइकलको राजस्व तिर्न पाँच दिन सम्म जनकपुर अञ्चल  यातायात कार्यालय धाए पनि उनले  राजस्व तिर्न सकेनन ।

राजस्व तिर्नकै लागी लाइनमै बसेको बेला जनकपुर मुजेलियास्थित यातायात व्यवस्था कार्यालयको परिसरको पर्खाल भत्किएर भागाभाग हुँदा रोहितको ज्यान मुस्किलैले जोगियो ।राजस्व तिर्नकै लागि पाँच दिनसम्म जनकपुर यातायात व्यवस्था कार्यालय धाउनु परेको र पर्खाल भत्किँदा ज्यानै जोखिमा परेपछि मंगलबार उनी यातायात व्यवस्था सेवा कार्यालय बर्दिवास पुगे।

त्यहाँ उनले पाँच दिनमा हुन नसकेको काम पाँच मिनेटमै बिना कुनै झण्झट र लामो लाईनमा समेत नबसेर नै राजस्व तिरेर घर फर्किन पाउँदा असाध्यै खुशी भए ।जनकपुर यातायात व्यवस्था कार्यालयमा पाँच दिनमा हुन नसकेको काम यातायात व्यवस्था सेवा कार्यालय बर्दिवासबाट पाँच मिनेटमै गराउन पाए पछि निमित्त कार्यालय प्रमुख पोषण थापालाई धन्यवाद दिदैं रोहित घर फर्के।

यातायात व्यवस्था सेवा कार्यालय बर्दिवास पुगेर छिटो–छरितो र सजिलै सेवा पाउने रोहित एक्ला होईनन् । उनी जस्ता सयाैं सेवाग्राहीले यातायात व्यवस्था सेवा कार्यालय बर्दिवासबाट अहिले छिटो–छरितो र सजिलै सेवा पाउन थालेका छन् । यातायात व्यवस्था सेवा कार्यालय बर्दिवासले छिटो –छरितो र सजिलै गरी सेवागा्रहीलाई सेवा दिन थालेपछि अहिले दिन दिनै आ–आफनो काम लिएर आउने सेवाग्राहीको चाप बढ्दै गएको निमित्त कार्यालय प्रमुख थापाले बताए ।
 
२०७१ मंसिर १७ गते यातायात व्यवस्था सेवा कार्यालय बर्दिवास स्थापना भएपछि सेवाग्राहीलाई जनकपुर अञ्चल यातायात कार्यालयबाट जारी सोही ठाउँबाट सबै प्रकारको  सवारी साधनको राजस्व बुझने , नवीकरण र प्रतिलिपि गर्ने ,सार्वजनिक सवारी साधनको जाँच पास , २४ घण्टे पटके सेवा ,रूट परमिट जस्ता सेवा दिदैं आएका छन्।

बर्दिवासमा कार्यालय स्थापना भएदेखि नै उक्त कार्यालयबाट सेवाग्राहीलाई सेवा दिन थालेपछि अहिले महोत्तरी , सिन्धुली , सर्लाही , रौतहट , दोलखा र रामेछापसम्मका सेवाग्राहीहरु लाभान्वित भएको निमित्त कार्यालय प्रमुख थापाले बताए ।यसका साथै २०७१ देखि २०७५ वैशाख सम्ममा यस कार्यालयले २१ करोड ९५ लाख कर संकल्न गर्न समेत सफल भएको थापाले बताए। २०७४ असार देखि २०७५ बैशाख सम्ममै ९ करोड ९० लाख राजस्व संकल्न भएको उनले बताए।

यति थोरै समयमा यति धेरै राजस्व संकल्न गरेर यातायात व्यवस्था सेवा कार्यालय बर्दिवासले राजस्व संकलनमा भैरहवा र विराटनगर यातायात व्यवस्था कार्यालय सरहको राजस्व संकल्न गर्न सफल भएको उनको भनाई छ ।  यसका साथै यातायात व्यवस्था सेवा कार्यालय बर्दिवासले सेवा विस्तार गर्दै जेठ १ गते देखि जनकपुर यातायात व्यवस्था कार्यालयबाट जारी भएको लाईसेन्सको नवीकरण गरेर स्मार्ट लाईसेन्स वितरण कार्य समेत प्रारम्भ गरी सकेको छ ।पहिलो पटकमै यस कार्यालयबाट ४२ जनालाई स्मार्ट लाईसेन्स वितरण गरिसकेको र अहिले सय जना भन्दा बढीको स्मार्ट लाईसेन्स जेठ मसान्त भित्रै वितरण गर्ने प्रक्रियामा रहेको निमित्त कार्यालय प्रमुख थापाले बताए ।

दुई सुब्बा , दुई  खरिदार र दुई जना कार्यालय सहयोगीको भरमा चलेको यातायात व्यवस्था सेवा कार्यालय बर्दिवासमा भवन अभाव र कर्मचारी अभाव रहेपनि सेवाग्राहीलाई छिटो छरितो र सहज ढंगले सेवा प्रवाह गर्ने गरी व्यवस्था मिलाइएको र दिनहँु दुई सय जना भन्दा बढी सेवाग्राहीले सेवा पाई राखेका छन् ।

स्मार्ट लाइसेन्स वितरणकै लागि चार जना कर्मचारी आवश्यक पर्ने भएपनि आफु एक्लैले चार जनाको काम गरेर भए पनि सेवा प्रवाह गरी रहेको थापाको कथन छ ।स्मार्ट लाईसेन्स वितरण गर्न अनलाईन फारम भर्ने , फोटो खिच्ने , डिजिटल सहि छाप लिने , मेडिकल गर्न कम्तीमा पनि चार जना कर्मचारी चाहिन्छ तर कर्मचारी अभावमा ती सवै काम कार्यालय प्रमुख थापाले एक्लै गर्दै आएको उनले बताए ।

हाल यातायात व्यवस्था सेवा कार्यालय बर्दिवासबाट जनकपुर अञ्चल यातायात कार्यालयबाट जारी भएको बाटो ईजाजत पत्र नवीकरण मालवाहक सवारी साधनको कर संकल्न चालक अनुमति पत्रको नवीकरण प्रतिलिपि वितरण , स्मार्ट लाईसेन्स वितरण गर्ने जस्ता कार्य सम्पादन गर्दै आएपनि नयाँ अनमुति र लाईसेन्स वितरण गर्ने पूर्वाधार तयारी भई सकेको उनले बताए।
सफ्टवेयर र पूर्वाधार तयारी छ , राज्यले अधिकार दिए लगतै नयाँ लाइसेन्स लगायत जनकपुर यातायात व्यवस्था कार्यालयबाट दिइने सेवा समेत शुरु हुने उनले बताए ।

थप ६ जना कर्मचारी र भवनको व्यवस्था भइ दिए यातायात व्यवस्था सेवा कार्यालय वर्दिवासले अहिले दिइ रहेको सेवा भन्दा चार गुणा बढी सेवा दिन सक्ने सक्षम रहेको दावि थापाको छ ।  पूर्वाधार तयारी पुरा भई सकेकोले छिटो भन्दा छिटो नयाँ लाईसेन्सको लिखित र ट्रायल परीक्षा लिएर लाईसेन्स वितरण कार्यका लागि पहल पनि भईरहेको उनले बताए ।


 

   

 

प्रकाशित: ३० जेष्ठ २०७५ ०६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App