१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लागू औषध कारोबारी पक्राउ

उदयपुर- उदयपुर प्रहरीले मंगलबार लागू औषध कारोबारीलाई रंगेहात पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले मंगलबार विहान पौने १२ः०० बजे बिभिन्न खाले लागू औषधसहित सदरमुकाम त्रियुगा नगरपालिका ११ गाईघाट बजारबाटै लक्ष्मण भन्ने त्रोणकुमार थापालाई पक्राउ गरेको हो। थरुहट–उदयपुर रंगशालाछेउ प्रतिभाटोलका ३० वर्षीय थापालाई प्रहरीको गस्ती टोलीले नियमित चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो। उनको साथबाट २ बोतल कोरेक्स र १० पिस नाईट्रोजन ट्याब्लेट बरामद भएको प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए। प्रारम्भिक अनुसन्धानको क्रममा थापा लागू औषध दुव्र्यसनी नभएर कारोबारी मात्र भएको खुलेको छ। त्रोणमाथि आफु प्रयोग नगर्ने तर, अरुका छोराछोरी बर्बाद बनाएर पैसा कमाउने धन्दामा लागेको आरोपमा कारबाही गरीने प्रहरीले बताएको छ।

लागू औषध दुव्र्यसनी र कारोबारीको संख्या बढ्दै गएपछि प्रहरीले यसविरुद्ध जिल्लाव्यापी विशेष अभियान चलाएको छ। अभियानको सुरुवातदेखि नै लागू पदार्थ दुव्र्यसनी तथा कारोबारी पक्राउ परिरहेको एसपी भट्टले बताए।

प्रकाशित: २९ जेष्ठ २०७५ ०८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App