१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प र किमले गरे दस्तावेजमा हस्ताक्षर

सिगांपुर - ऐतिहासिक भेटवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर काेरियाली नेता किम जाेग उनले एक दस्तावेजमा हस्ताक्षर गरेका छन्।

दस्तावेजमा उल्लेख विषय केहीबेरपछिकाे संयुक्त पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने अमेरिकी राष्ट्रपति ट्रम्पले बताएकाे एजेन्सीहरूमा उल्लेख छ।

भेटवार्ताकाे समयमा उत्तर कोरियाली नेता किम भन्दा अमेरिकी राष्ट्रपति ट्रम्प निक्कै नै चलाख देखिएका थिए। नेता किम निक्कै गम्भीर देखिएका थिए।  ट्रम्पले भने ‘हामी शानदार छलफल गर्दैछौं, मलाई लाग्दैछ, हाम्रो यो भेटले सफलताको शिखर चुम्नेछ। हाम्रो सम्बन्ध सुमधुर बन्नेमा मलाई कुनै शंका छैन।’

प्रकाशित: २९ जेष्ठ २०७५ ०६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App