१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रोनाल्डोसहित पोर्चुगल टोली रुस पुग्यो

मस्को- विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन्। पोर्चुगलका खेलाडी रोनाल्डो विश्वकप प्रतियोगितामा सहभागी हुन शनिबार रुस आइपुगेको समाचारमा जनाइएको छ। 

युरोपियन च्याम्पीयन बनेको उनको टोलीले विश्वकपको सुरुमा स्पेन विरुद्ध यही जुन १५ मा खेल्ने कार्यक्रम रहेको छ। रोनाल्डो र उनको टोलीलाई रुसमा परम्परागतरुपमा भव्य स्वागत गरिएको छ। उनीहरुलाई क्राटोभोमा बस्ने व्यवस्था गरिएको छ। क्राटोभो मस्कोदेखि ४० किलोमिटर टाढा पर्दछ। 

रियल म्याड्रिडका खेलाडीलाई प्रहरीले विमानस्थलमा अवतरण गरेदेखि नै कडा सुरक्षाको व्यवस्था गरेको छ। फिफाको बरियता क्रमअनुसार पोर्चुगल चौथो नम्बरमा पर्दछ। स्पेन, पानामालगायतका देशका खेलाडी भने यसअघि नै रुस आइपुगेका छन्। अन्य कतिपय देशका खेलाडी आउने क्रम जारी छ। अहिले विश्वको ध्यान विश्वकम आयोजक राष्ट्र रुसतर्फ खिचिएको छ। 

फुटबलको महासंग्राम मानिने विश्वकप प्रतियोगिता रुसले पहिलो पटक आयोजना गरेको हो। २१औँ संस्करणको विश्वकप यही जुन १४ देखि जुलाई १५ सम्म हुन लागेको छ। 

प्रकाशित: २७ जेष्ठ २०७५ ११:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App