१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एससिओ शिखर सम्मेलन चीनमा सुरु

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा शुक्रबार ‘फ्रेन्डसिप मेडल’ प्रदान गरेपछि बधाई दिँदै चिनियाँ राष्ट्रपति सी चिनफिङ। तस्बिर : एजेन्सी

बेइजिङ – युरोप र एसियाली महादेशका प्रभावशाली नेताहरु १८औं सांघाई सहयोग संगठन (एससिओ) का लागि चीनको तटीय जिङदाओ सहरमा भेला भएका छन्।

शनिबारबाट सुरु भएको सम्मेलन सन् २०१७ को जुनमा एससिओलाई विस्तार गरेपछि आयोजना भएको यस्तो शिखर सम्मेलन हो जहाँ परम्परागत शत्रु राष्ट्र भारत र पाकिस्तानले पनि सहभागिता जनाएका छन्। भारत र पाकिस्तान दुवैले सन् २०१७ मा एससिओको पूर्ण सदस्यता लिएका हुन्। पाहुनाहरु फरक भएपनि एससिओ सम्मेलन दुई महिनाअघि सम्पन्न भएको बोआओ फोरम फर एसिया (बिएफए)लाई याद दिलाउने खालको भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। राष्ट्रपति सी चिनफिङले अप्रिल १० मा भएको बिएफएको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गरेका थिए। उक्त कार्यक्रममा दुई हजार मानिसले सहभागिता जनाएका थिए। त्यसबेला राष्ट्रपति सीले चीन र समग्र विश्वकै साझा समृद्धिका लागि नयाँ सुधारलाई विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

एससिओको १८औं शिखर सम्मेलनमा चीनलगायत सात सदस्य राष्ट्रसहित चार पर्यवेक्षक राष्ट्रसहित विभिन्न अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरु सहभागी छन्।

एससिओको १८औं शिखर सम्मेलनमा चीनलगायत सात सदस्य राष्ट्रसहित चार पर्यवेक्षक राष्ट्रसहित विभिन्न अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरु सहभागी छन्। एससिओमा हाल चीन, भारत, काजकस्तान, क्रिजिगस्तान, पाकिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तान रहेका छन्। सांघाई सहयोग संगठन सन् २००१ मा स्थापना भएको थियो। स्थापना कालमा एससिओको प्राथमिक लक्ष्य आपसी विश्वास स्थापना गर्ने, अन्तरदेशीय सीमा सुरक्षा गर्ने र आतंकवादविरुद्ध एकजुट हुने विषय रहेका थिए।

चीनको तटीय जिङदाओ सहरमा हुँदै गरेको सांघाई सहयोग संगठनको सम्मेलनमा आपसी समझदारी, फाइदा, समानता, छलफल, विविधतायुक्त सभ्यताको सम्मान र साझा विकासको प्राप्तिलगायतको सांघाई सहयोग संगठनको उद्देश्य प्राप्तिमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

सम्मेलनमा चिनियाँ राष्ट्रपतिसहित रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी राष्ट्रपति माम्नुन हुसैन, उज्बेकिस्तानका राष्ट्रपति साभकाट मिर्जियोएभ, ताजिकिस्तानका राष्ट्रपति इमोमाली रमोन, काजकिस्तानका राष्ट्रपति नुरसुल्तान नजरबाएभ र किर्गिजस्तानका राष्ट्रपति सुरुन्बे जिनबेकोभको सहभागिता रहेको छ।

प्रकाशित: २७ जेष्ठ २०७५ ०५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App