१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोदीको सुरक्षाप्रति सरकार गम्भीर छ

नयाँ दिल्ली - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा प्रति सरकार गम्भीर रहेको गृहमन्त्री राजनाथ सिंहले बताएका छन्।प्रधानमन्त्री मोदीको विद्रोही माओवादीले हत्या गर्ने षडयन्त्र गरिरहेको विवरण आएपछि गृहमन्त्री सिंहले शुक्रबार यस्ताे बताएका हुन्।

“हामी प्रधानमन्त्रीको सुरक्षाका बारेमा सधै गम्भीर छौं, माओवादीहरूले हार्ने लडाई लडिरहेका छन्, उनीहरू अहिले दश जिल्लामा मात्रै सक्रिय छन्,” जम्मु र काश्मिरको दुई दिने भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले भने।प्रहरीले बिहीबार मात्रै पुनेबाट पक्राउ गरिएका पाँच जनामध्ये एक जनाबाट रतीय कम्युनिष्ट पार्टी माओवादीसँग सामेल रहेको पुष्टि हुने एउटा ‘पत्र’ पाएको र पक्राउ गरिएको जनाएको छ।

उनीहरुले प्रधानमन्त्री मोदी र पूर्व प्रधानमन्त्री तथा नेता राजीव गान्धीको प्रकृतिको हत्याको योजना बनाइरहेको प्रहरीले अदालतलाई बताएको छ।गृहमन्त्री सिंहले नक्शालवादीहरूको हिंसा चाडै नै अन्त्य हुने दाबी पनि गरे। विद्रोहीहरू १३५ जिल्लाबाट ९० जिल्लामा खुम्चिइसकेको र दश जिल्लामा मात्रै सक्रिय भएको उनको भनाई छ।रासस

प्रकाशित: २६ जेष्ठ २०७५ ०४:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App