१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफ्गानी राष्ट्रपति घानीद्वारा युद्धविरामको घोषणा

अफ्गानिस्तान-अफ्गानिस्तानका राष्ट्रपति असरफ घानीले त्यहाँ रहेका तालिवान विद्रोहिसँग युद्धविराम गरेको घोषणा गरेका छन्।

घानीले तालिवानसँग जुन २० सम्म युद्धविराम गरेका हुन् । विहिवार ट्विट गर्दै घानीले तालिवानसँग मात्रै युद्धविराम गरिएको उल्लेख गर्दै त्यहाँ रहेका अन्य आतंकवादी संगठनहरुसँग भने युद्ध जारी रहने बताएका हुन।

राष्ट्रपति घानीद्वारा गरिएको ट्विटमा भनिएको छ “तालिवानलाई यो युद्धविराम एउटा आत्मसमिक्षा गर्ने अवसर हुनेछ की उनीहरुको हिंसात्मक अभियानले कुनै मन र मुटुलाई छुन सकेको छैन यो युद्धले उनीहरुलाईनै अलग पारिरहेको छ ।”

गत १६ वर्षदेखीको द्वन्द्वलाई समाप्त पार्ने उद्देश्य सहित गएको फेब्रुवरीमा राष्ट्रपति घानीले तालिवानलाई कानुनी मान्यताप्राप्त राजनैतिक समुहको रुपमा स्थापित गराउने गरी युद्ध अन्त्य गर्न प्रस्ताव समेत गरेका थिए ।

तालिवान विद्रोहि र सरकारी सेनाविच गत वर्ष मात्रै भएका झडपमा परी मृत्यु र घाइते हुनेको संख्या १० हजार नाघेको छ ।

प्रकाशित: २४ जेष्ठ २०७५ ०८:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App