१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरिया युद्ध एक अपराध : अमेरिका

वासिंटन - मानव अधिकारको क्षेत्रका कार्यरत संस्था एम्नेष्टी इन्टरनेशनलले सिरियामा भएको चार महिना लामो युद्ध अपराधको एक पराकाष्ठा भएको बताएको छ।

मानव अधिकारको क्षेत्रमा विगत लामो समयदेखि कार्यरत संस्था एम्नेष्टी इन्टरनेशनलले बिहीबार एक एक रिपोर्ट सार्वजनिक गर्दे निर्दाेष बालबालिकाहरुलाई  युद्धको हतियारका रुपमा प्रयोग गर्नु एक अपराध भएको बताएको हो।युद्ध तथा विनाश नामक एक रिपोर्ट सार्वजनिक गर्दे एम्नेष्टी इन्टरनेशनलका अमेरिकाले समेत युद्धप्रति पछुतो मानेको बताएको छ।

अमेरिकी रक्षा सचिव जेम्स म्याटिस्ले उक्त युद्ध ज्यादै नै विनाशकारी र मानव अधिकारको मुल्य – मान्यता विपरित भएको बताइसकेका छन्।हातहतियारको प्रयोगसहित भएको उक्त युद्ध अपराध भएको पुष्टि गर्नका लागि एम्नेष्टी इन्टरनेशनलले विभिन्न प्रमाणहरु समेत फेला पारिसकेको छ।

विभिन्न प्रकारका स्याटेलाइट तस्वीरहरुको सहयोगले एम्नेष्टी इन्टरनेशनलले सिरिया युद्धका विभिन्न अपराधिक घटनाहरुलाई पुष्टि गरेको छ । अमेरिकी सेनाको सहयोगका कारण सिरियाका युद्ध लम्बिएको समेत एम्नेष्टी इन्टरनेशनलको रिपोर्टले सार्वजनिक गरेको छ ।यद्यपी यस अघि अमेरिकाले भने त्यसमा उसको संलग्नता रहेको तथ्यलाई स्वीकार गरिरहेको थिएन ।

प्रकाशित: २३ जेष्ठ २०७५ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App