१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

किज पहिलो पटक सेमिफाइनलमा

पेरिस – सातौं वरीयताका अस्ट्रियन डोमिनिक थिइमले मंगलबार एलेक्जेन्डर जेरेभलाई पराजित गर्दै फ्रेन्च ओपन टेनिसको सेमिफाइनल प्रवेश गरेका छन्।

२४ वर्षे थिइमले जर्मनीका दोस्रो वरीयता प्राप्त घाइते जेरेभलाई ६–४, ६–२, ६–१ को सेटमा हराउँदै अन्तिम चारमा प्रवेश गरेका हुन् । थिइमले उनलाई पराजित गर्न १ घण्टा ५० मिनेट खर्चिएका थिए।

यस्तै मंगलबारै सम्पन्न महिलातर्फको खेलमा अमेरिकाकी म्यासिडन किजले युलिया पुटिन्टसेभालाई ७–६(७–५), ६–४ को सेटमा पराजित गर्दै पहिलो पटक पे्रmन्च ओपन टेनिसको सेमिफाइलनमा प्रवेश गरेकी छिन् । २३ वर्षे पुटिन्टसेभाले पहिलो सेट ५–३ ले आफ्नो पक्षमा पारे पनि अन्य सेटमा भने अमेरिकाकी म्यासिडनले नतिजा आफ्नो पक्षमा पार्न सफल भएकी थिइन्।

पहिलो पटक फ्रेन्च ओपन टेनिसको सेमिफाइलनमा स्थान बनाएकी किज २०१७ को ग्रान्ड स्लाम फाइनलमा स्लोएने स्टेफन्ससँग पराजित भएकी थिइन् । स्लोएनेले डारिया कासाट्किनालाई ६–३, ६–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी छन्।

प्रकाशित: २३ जेष्ठ २०७५ ०४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App