चीन चासो

मङ्गलबार, २२ जेठ २०७५, १० : ४७ डा. प्रेमसिंह बस्न्यात

चीनसँग नेपालको सैनिक मामिला केलाउँदा नेपालले राजकुमार बहादुर शाहको नायवीमा २ पटक र जंगबहादुर राणाको पहलमा १ पटक गरी ३ पटक (२ पटक तिब्बतसँग मात्र र १ पटक चीन र तिब्बतसँग) युद्ध लड्यो। ती युद्धहरू व्यापारिक कारणसँगै सम्बन्धित थिए। प्रमाण हेर्दा ३ पटक नै नेपालले हमला सुरु गरेको छ। दोस्रो पटक नेपालले तिब्बतका केही भाग कब्जा गरी तिब्बतमा सेना तैनाथ गरेको थियो। त्यही बीचमा तिब्बतको अनुरोधमा चिनियाँ फौज नेपलीबाट तिब्बतलाई स्वतन्त्र गराउन तिब्बत आइपुग्यो। युद्ध गर्दै जाँदा युद्धले नेपाललाई साथ दिएन र बेत्रावती सन्धिबाट टुंगियो। धेरै पछि गएर १९६० जुन २८ को दिन मुस्ताङको उत्तरी भाग नेपाल चीन सीमा क्षेत्रमा गैरसैनिक पोसाकमा गएका नेपाली सेनाको एक सेक्सन पट्रोल माथि चिनियाँ फौजले गोली चलाउँदा संखुवासभा घर भएका सुवेदार बमप्रसाद दाहालको मृत्यु भयो भने अन्य १० जना पक्राउ परे। त्यस बेला उक्त क्षेत्रमा चिनियाँ सेनाविरुद्ध दलाई लामा समर्थित खम्पाहरूले ध्वंसात्मक गतिविधि गर्दै थिए। चिनियाँ भनाइमा नेपाली सेना सिमानाबाट निकै पर तिब्बती क्षेत्रमा भूलवश पुगेको र उनीहरूले खम्पा लडाकु ठानेर सैनिक कारबाही गरेको भन्ने देखिन्छ। यद्यपि दुवै देशको प्रधानमन्त्री स्तरीय लेखापढीबाट मृतकलाई ५० हजार रुपियाँ क्षतिपूर्ति दिएर समस्या सुल्झेको थियो।

बेत्रावतीको सन्धिअनुसार नेपालमाथि कसैले हमला गर्छ भने चीनले सो हमलाको प्रतिकारमा मद्दत दिनुपथ्र्यो। सोही प्रावधानमा टेकेर नेपाल अंग्रेज युद्धमा नेपालले चीनलाई सैनिक सहयोग माग्दा, सहयोग पाएन। नेपालले चीनमाथि विश्वास गर्न छाडेको यो पहिलो घटना थियो।

सन्१९७४ मा नेपाली भूमिबाट चिनियाँ भूमिमा अमेरिकाबाट तालिम प्राप्त खम्पा सशस्त्र लडाकुहरूले विध्वंसात्मक (रेड–एम्बुस) कारबाही गर्न थालेपछि चीनले राजा वीरेन्द्रको ध्यानाकर्षण गराई नेपालले सो समस्या समाधान ग¥यो । जसलाई इतिहासमा ‘खम्पा काण्ड’ भनिन्छ । अर्को घटना सन् १९९० को हो । चीनले नेपाललाई हवाई प्रतिरक्षा (एअर डिफेन्स) हतियारहरू सरल मूल्यमा बेचेको थियो । त्यो समयमा नेपालको सार्वभौमसत्तालाई मिचेर भारतीय लडाकु हवाईजहाजहरू नेपालमाथि जबर्जस्ती उड्थे । कुनै पनि माध्यमबाट भएको नेपालको अनुरोधलाई भारतले बेवास्ता गरिरहेकाले राजा वीरेन्द्रको चासोमा र प्रधानसेनापति सत्चित शम्सेर राणाको योजना मुताबिक नेपाल सरकारले उक्त ‘एन्टि एअर क्राफ्ट वेपन’ किनेको हो।

सन् १९५० को सन्धिको धारा उल्लंघन भयो भनेर भारतले सो हतियार किनेको विरोधमा नेपाललाई त्यसपछिका दिनहरूमा भारतीय फाइटर विमानले नेपाली सार्वभौमसत्ता मिचेको थाहा छैन । त्यसपछिका दिनहरूमा समेत नेपाल सरकारले चीनबाट नगन्य रूपबाट सानातिना हतियार खरिद गरेको देखिन्छ । भारत र पश्चिमासँग किनिएका हतियारका दाँजोमा चीनसँग एकदम थोरै हो । भन्नैपर्दा नेपाली सेना र नेपाल सरकारले चिनियाँ रक्षा सामग्रीलाई त्यति महत्व दिएको देखिँदैन । इतिहासलाई केलाउँदा सैनिक मामिलामा पृथ्वीनारायण शाहले चीन (उत्तर) तर्फ काजी कालु पाँडेका सन्तान र दक्षिण (भारत) तर्फ काजी शिवराम सिंह (श्रीपाली) बस्न्यातका सन्तानलाई जिम्मा दिएका र उनका शेषपछि पनि दिइरहनू भनेका थिए। दुई देशबीच सैनिक कूटनीति जीवन्त राख्न सन् ६० को दशकदेखि हालसम्म सैनिक सहचारी राख्ने परम्परा रहेको छ। गत वर्ष साना तहको नेपाली र चिनियाँ सेनाबीच नेपालमा सैनिक अभ्यास भयो र यो सकारात्मक सुरुवात हो।

अर्कोतर्फ हेर्ने हो भने नेपाल र चीनको राजनैतिक वहाव पनि घनीभूत छैन । सम्पूर्ण नेपालीलाई चीन नेपालको छिमेकी देश हो भन्ने थाहा छ। तर उनान्सय प्रतिशतभन्दा बढी चिनियाँलाई नेपाल कहाँ छ र उसको छिमेकी देश हो भन्ने पनि थाहा नै छैन। नेपालका राष्ट्रपति सरकार प्रमुख, मन्त्री, कर्मचारी, नेता, कार्यकर्ता, शिक्षक–विद्यार्थीलाई चीनले बोलाउँछ। ज्वाइँ र भान्जा–भान्जीलाई जस्तो मेजमानी खुवाएर पठाउँछ । तर नेपालको समस्यालाई चीनले कहिलै केलाएको देखिँदैन । चीनका विभिन्न प्रान्तबाट नेपाल आउने विभिन्न प्राध्यापक र केही नेताहरूले नेपाल आएर कार्यशाला गोष्ठी गर्छन् अनि नेपालको बारेमा लेख्छन्–बोल्छन् । तर तिनका उच्चतहका नेता न त नेपाल भ्रमण गर्छन् न त नेपाललाई दुःख पर्दा बोल्छन् नै । नेपालमा तिब्बती शरणार्थी नहुने हो भने सायद चीनले नेपाललाई चिन्ने पनि थिएन होला । अर्कोतर्फ भारतले नेपालको घाँटी निमोठेपछि मात्र हामी चीनको चरणमा पुग्छौँ । किन हो नेपाल–चीन सम्बन्ध, न तातो न चीसो भएको । हामी जस्तो सानो र छिमेकीको गिद्दे नजरबाट बच्न धौ धौ भइरहेको देशका लागि चीनसँग यस्तो सम्बन्ध हुनु भनेको दुर्भाग्य नै हो । सन् ६० को दशकमा मात्र हो चीनको बलियो सदाशयतामा राजा महेन्द्रले नेपालबाट भारतीय फौज लखेटेका । चीनलाई दोष लगाउनुभन्दा पनि नेपालको भारत केन्द्रित सबै नीति भएर नै यस्तो भएको छ । राणाकालमा ब्रिटिस–इन्डियासँग भएको एकद्वारे परराष्ट्र नीति र हाल भारतसँग भएको नीतिमा केही फरक छैन।

अरू देशमा नेपालले राजदूतावास खोले पनि ९० प्रतिशतभन्दा बढी नेपालमाथिको कजाइँ भारतले नै चलाएको छ। यो पनि हामी नै गुलामी भएर हो, भारतलाई केको दोष? नेपालका तटस्थ जनताले के बुझ्नुपर्छ भने न हामी चीनको न भारतको दुस्मन हौँ र नरहने छौँ। सदा उनीहरूको भलो चाहन्छाैँ। तर नेपालको सार्वभौमसत्ता बचाउने मामलामा हामीले भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्नैपर्छ। त्यसमा पनि भारतसँगको १९५० को सन्धिका केही धारा खारेज नभएसम्म नेपालको स्थिति भुटानभन्दा फरक रहँदैन। त्यसैले बेला बेलामा नेपालको घाँटीमा भारतले अठ्याउँछ। भारतको जवाहरलाल नेहरुको नेपाल नीति अहिले पनि जीवन्त छ। १९५० को सन्धिको जति गुण गाए पनि त्यो नेपालका लागि ‘इभिल ट्रिटी’नै हो। तसर्थ, नेपालीको ज्यान जोगाउन र नेपालको अस्तित्व जोगाउनसमेत, इतिहासलाई अगाडि उभ्याउँदा नेपालले चीनसँगको सम्बन्ध गतिशील बनाउनैपर्छ । त्यसबाट भारत, नेपाल र चीनको सुरक्षा मामिलामा असर पर्न दिनु हुँदैन। त्यो भन्दा अगाडिचिनियाँहरूलाई नेपाल भन्ने देश पनि छ र यो उनीहरूको छिमेकी पनि हो भनेर पढाउनु जरुरी छ।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad