बाँच्नका लागि संघर्ष गर्दै मुटुरोगी रीना, भन्छिन् ‘औषधी खान समेत पैसा छैन’

सोमबार, २१ जेठ २०७५, १२ : २१ खगेन्द्र अधिकारी

542


ताप्लेजुङ – १० वर्षको बालक उमेरदेखि नै मुटुरोगबाट थलिएकी ताप्लेजुङको मिक्वाखोला–४ साँवाकी रीना साँबा लिम्बूलाई यतिबेला उपचार खर्चको अभावले पींडा थपिएको छ। 

खुसी रहनु रोग प्रतिरोधी क्षमताका लागि सबैभन्दा अचुक औषधी भएपनि रीनाले भने रोग लागेको ६ वर्षसम्म खुसीको श्वास त होईन, आर्थिक अभावले रोगै पालेर बसिरहनु परेको छ। औषधी खान समेत आफ्नो अवस्थाले नभ्याएपछि उनको बाँकी जिन्दगी कस्तो रहला भन्ने संसय छ। भन्छिन् ‘औषधी खान समेत पैसा नभएपछि लामो समय सम्म जीवन बच्ला भन्ने लागेको छैन’। 

दश वर्षको कलिलो उमेरमै मुटुको रोगबाट पीडित बनेकी रीनालाई चिकित्सकले बाँचुन्जेलसम्म औषधी सेवन गर्नुपर्ने सल्लाह दिएका छन्। तर त्यो औषधी किन्न रीनासँग पैसा छैन। उनका अनुसार औषधीका लागि मासिक २ हजार ५ सय रुपैयाँ खर्च चाहिन्छ। चिकित्सकको सल्लाह अनुसार उनी मेट्लक एक्स, पेनिसोल भीके, फारिन र क्यूपिल नामको औषधी सेवन गर्दै आएकी छन्। एकमहिनाका लागि खरिद गरेको औषधी सकिन नपाउँदै अर्को महिना कसरी खरिद गर्ने भन्ने चिन्ताले रीनालाई पिरोल्ने गरेको छ। 

चिकित्सकले उनलाई शान्त र खुसी रहन सुझाएका छन्। तर औषधी खरिद गर्ने रकमको अभावले उनलाई छिनसमय खुसी राख्दैन। ‘मनभरी चिन्तै–चिन्ता’अभावको जिन्दगीबारे प्रष्ट्याउन खोज्दा रीनाको घाँटी मात्र बसेन,आँसुले आँखापनि टहल–पहल भए।  सदरमुकाम फुङ्लिङ वडा नम्बर ४ स्थित शान्ति मादेनले सञ्चालन गर्दै आएको कञ्चनजंघा ढाका उद्योगमा काम गर्दै आएकी रीनालाई खानपानको गर्जो टारेर औषधी खरिद गर्नका लागि चाहिने खर्चको अभाव रहेको छ। ढाका उद्योगमा सीप सिकेर अहिले चोली, फरियाजस्ता कपडाहरु बुन्न जानेको र त्यही कपडा बुनेर महिनामा १ हजार ५ सय देखि २ हजार ५ सय रुपैयाँसम्म पाउने गरेको उनले बताइन्। उक्त रकमले खाने÷लाउनेको गर्जो टार्न पुग्ने भएपनि औषधी खर्च धान्न नसकेको रीनाले बताइन्। 

काम गरेबापत पाउने रकमले खाद्यान्न जोहो गरेर केही मात्र बच्ने हुँदा औषधीका लागि रकम अभाव हुने उनको भनाई छ। उनलाई ढाका उद्योग सञ्चालक मादेनले ठूलै सहयोग गरेकी छन्। उनका लागि लागि बस्ने कोठा मादेनले निःशुल्क उपलब्ध गराएकी छन् भने खानेपानी र बत्तीको शुल्क पनि मादेन आफैंले तिरिदिन्छन्। कोठा भाडा, खानेपानी र बत्तीको समेत आफैंले तिर्नुपर्ने भएको भए काम गरेको रकमले एकछेउ पनि नपुग्ने रीनाको ठम्याई छ। ‘उहाँको गुनले केही धानेको छ’जोखिम जीवनमा पाएको सहयोगको प्रशंसा गर्दै रीनाले भनिन्। 

मादेनको सहयोगले मात्र उनको उपचार र औषधी खर्च पुग्ने अवस्था रहेन। त्यही अभावले उनलाई यसमहिना त यति सम्म दुखित तुल्याएको छ की, महिनामा एकपटक रगत जाँच गराउनुपर्नेमा त्यो पनि अहिलेसम्म नगराउन सकेकी छैनन्। यस्तै बेला अर्को महिनाका लागि औषधी खरिद गर्ने समय आएको छ। ‘त्यो कहाँबाट जुटाउने ?’यहिपीरले रीनाको यो साताको रात सहज बितेको छैन। मुटु रोगले आक्रान्त बनाउँदै लगेपछि एक वर्षअघि पहिलो पटक उपचारका लागि बिर्तामोड झापा स्थित बीएण्डसी अस्पतालमा जाँदा त्यहाँ सम्भव नभएको र त्यसपछि काठमाडौंको कान्ति बाल अस्पताल र गंगालाल हृदयरोग केन्द्रमा उपचार गराएको उनले जानकारी दिइन्। बुबा भीमबहादुर लिम्बूको साथमा करिव ६ महिनासम्म उपचार गराए पनि रोग ठीक नभएको रीनाको भनाइ छ। 

उपचारका लागि स्वास्थ्य संस्था पुगेका अधिकांश मान्छेले त्यहाँ पुगेपछि निको भएर फर्कने अपेक्षा राखेका हुन्छन्। तर रीनाको व्यवहारमा भने त्यो ठीक उल्टो भयो। उपचारका लागि गएका स्थानबाट रोग निको हुनुको सट्टा डाक्टरहरुले बाँचुन्जेलसम्म औषधी खानुपर्छ भनेर तीन÷चार किसिमको औषधीसँगै दिएर पठाए । बाँच्नका लागि नियमित औषधी सेवन बाहेक अर्को बिकल्प नभएको डाक्टरको सल्लाहपछि उपचारपछि रोग निको होला भन्ठानेकी रीनाको दैनिकी पहिलेभन्दा बद्लिएको छ। पहिले उपचारका लागि आर्थिक सहयोगको अपेक्षा राख्थिईन्, अहिले औषधी सेवनका लागि। 

घर छाडेर नगरको बसाई रहनुमा रीनाका लागि खास केही छ।  उपचारबाट घर फर्के लगत्तै कान्छी आमाले कुटपिटसँगै हेला गरेपछि घर छोडेर हिँडेको बताउने रीना सुरुमा धरानमा सानीआमा कहाँ गएर केही समय बसिन्। त्यसपछि तेह्रथुम फुपुकहाँ बसेको र ४ महिना अघिदेखि भने फुङ्लिङमा बस्दै आएको उनले जानकारी दिइन्। ढाका उद्योगमा काम गर्ने फुङ्लिङकै एकजना साथीको सम्पर्कबाट उद्योगमा सीप सिक्ने अवसर पाएको र अहिले यहीँ कञ्चनजंघा ढाका उद्योगमा काम गर्दै उनले बताइन्। 

बुवाले आफ्नी आमा छाडेर कान्छी श्रीमती ल्याएपछि रीनाका लागि पारिवारिक सहारा कमजोर बनेको हो। एक दिदी र एक बहिनीका साथ उनकी आमा गाउँमै अभावको जीन्दगी बिताइरहेको रीनाले बताइन्। केही समय अघि ढाका उद्योगको एक कार्यक्रममा आएका फुङ्लिङ नगर प्रमुख छत्रपति प्याकुरेल, वडा नं. ४ का वडाध्यक्ष जीतेन चेम्जोङ र उद्योग अधिकृत सुनिल आचार्यले दिएको पाँच–पाँच हजारका दरले १५ हजार रुपैयाँबाट अहिले सम्म औषधी किनेर सेवन गर्दै आएको उनले बताइन्। ढाका उद्योगमा तालिम पूरा गरेपश्चात प्रमाणपत्रका लागि नागरिकता चाहिन्छ भनेपछि नागरिकता बनाइदिन बुबालाई आग्रह गर्दासमेत कान्छीआमाले रोकेको उनको गुनासो छ। 







यसमा तपाईको मत


अन्य समाचार

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...