१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कालो झन्डा देखाएको आरोपमा १० पक्राउ

नयाँ दिल्ली – उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कालो झन्डा देखाएको आरोपमा १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उत्तर प्रदेशको एटावा क्षेत्रमा एक दिने भ्रमणका लागि गएको मुख्यमन्त्री आदित्यनाथलाई शुक्रबार कालो झन्डा देखाइएको भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ।

‘मुख्यमन्त्री योगी आदित्यनाथ एटावा क्षेत्रको भ्रमणमा रहेका थिए। सिभिल लाइन्स प्रहरी चौकीको मातहतमा रहेको कचौरा क्रसिङमा पुगेपछि केही मानिसले उहाँलाई कालो झन्डा देखाए,’ सर्कल अधिकारी अन्जनी कुमारलाई उद्धृत गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ।

‘मुख्यमन्त्रीलाई कालो झन्डा देखाएपछि भाग्न खोजेका १० जनालाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ र उनीहरुविरुद्ध मुद्दा दायर गरिएको थियो,’ कुमारले बताए। पक्राउ परेका सबैको स्वास्थ्य परीक्षणपछि व्यक्तिगत जमानीमा शुक्रबार अबेर नै रिहा गरिसकिएको बताइएको छ।

प्रकाशित: २० जेष्ठ २०७५ ०४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App