१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

टिपर दुर्घटनामा सहचालकको मृत्यु

पाल्पा– सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका–८ नयाँपाटीमा शुक्रबार राती भएको टिपर दुर्घटनामा एक जनाकोे मृत्यु भएको छ। लु ३ ख ८९३९ नम्बरको टिपर दुर्घटनामा एक घाइते भएका छन्। 

दुर्घटनामा परि विनय गाउँपालिका–३ चिसापानी नवलपरासीका १८ वर्षीय सहचालक विवेक कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्रकुमार थापाले बताए। बुटवलदेखि तानसेनतर्फ आउँदै गरेको टिपर राती करिब ११ बजे दुर्घटना भएको हो।  

दुर्घटनामा चालक विनय गाउँपालिका–३ चिसापानीकै ३८ वर्षीय भीम परियार घाइते भएका छन्। उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ।

 

प्रकाशित: १९ जेष्ठ २०७५ १०:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App