१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राष्ट्रिय परिचय पत्रका लागि जनशक्ती तयार गरिँदै

राष्ट्रिय परिचय पत्रको तथ्यांङक संकलकलाई तालिम दिन तयार गरिएका प्राविधिक उपकरण।   तस्बिरः गिरिराज/ नागरिक

पाँचथर – नेपालमै पहिलो वितरण गर्न लागिएको राष्ट्रिय परिचय पत्रको विवरण संकलनका लागि पाँचथरमा जनशक्ति उत्पादन गरिँदै छ। फोटो सहित जैविक तथा व्याक्तिगत विवरण संकलनका लागि अस्थायी रुपमा छनौट गरिएका कर्मचारीलाई तालिम दिन सुरु गरिएको छ। 

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले फिदिममा २० जना अस्थायी कर्मचारीका लागि तालिम सुरु गरेको हो।  जेठ–२७ गते देखि विवरण संंकलन गर्नका लागि जनशक्ति तयार गर्न लागिएको हो। ६ दिनको तालिम उनीहरूलाई दिएर विवरण संकलन गर्न पठाइने छ। विवरण कसरी लिने, कम्युटर पोष्ट, बायोम्याट्रिक तथा फोटो खिच्ने लगायतका तालिम दिइने केन्द्रका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए।

‘संविधानले व्यवस्था गरेअनुरुप पहिलो पल्ट पाँचथर र सिंहदरबारका कर्मचारीलाई परिचयपत्र वितरण गर्ने लागिएको छ। यहि अनुरुप पाँचथर जिल्लाका नागरिकको विवरण संकलनको तयारी गरेका छौँ। छानिएका कर्मचारीलाई तालिम दिएर टोली बनाएर खटाउछौँ’ उनले नागरिकसँग भने ‘वार्ड वार्डमा पुगेर विवरण संकलन गर्छौ। अफिसर सहितको टोली विद्युतीय उपकरण सहित खटाइने छ।’ 

पाइलोटिङको रुपमा यहाँ परिचयपत्र वितरणका लागि आवश्यक प्रक्रिया अघि बढाउन लागिएको हो। आर्थिक वर्ष २०६६–०६७ देखि परिचयपत्र वितरण गर्ने नीतिगत निर्णय भएको थियो। हालैको बजेटमा देशका १५ जिल्लामा परिचयपत्र वितरण गर्ने घोषणा समेत भएको छ। यहाँका आठ स्थानीय तहका ६० वटै वार्डमा पुगेर विवरण संलकन गर्ने तयारी भएको छ। दुई महिनाका लागि विवरण संकलन गर्ने कर्मचारी नियुक्त गरीएको छ। बर्षाको समय भएकाले लम्बिने सम्भावना समेत रहेको आंकलन गरिएको छ। बहुउपयोग हुने भएकाले यसको विवरण प्रभावकारी बनाउन सबै पक्षसँग समन्वय गरेर अघि बढेको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए।

विवरण संकनल, विवरण प्रमाणिकरण, परिचयपत्र वितरण तथा परिचयपत्र वितरणमार्फत सेवा आदानप्रदान गर्ने योजना रहेको केन्द्रले जानकारी दिएको छ। न्यौपानेका अनुसार एकिकृत भण्डार, एकअर्कामा नमिल्ने परिचय पत्र नम्बर, विद्युत सेवा लगायतका विशेषता रहेको बताइन्छ। १६ वर्ष पुगी नागरिकता भएकाले परिचयपत्र पाउने छन्। यसअघि परिचयपत्रका लागि सरोकारावालहरूसँग सर्वपक्षिय बैठक राखिएको थियो। एकै पल्ट चार स्थानबाट विवरण संकलन गर्ने बताइएको छ। जिल्ला प्रशासन कार्यालयमा केन्द्रको सम्पर्क कार्यालय स्थापना गरिएको छ।

पाँचथरमा १ लाख १० हजार र सिंहदरबारका ७ हजार कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र वितरण गर्ने योजना रहेको छ। एडीबीको ऋण सहयोगमा परिचय पत्र बितरणको काम अघि बढाइएको हो। परिचयपत्रका लागि फ्रान्सको सफरान आइडिटीले ठेक्का पाएको छ। 

प्रकाशित: १९ जेष्ठ २०७५ ०५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App