१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

द्वन्द्वमा परी युक्रेनमा २४० बालबालिकाको मृत्यु

केभ – युक्रेनमा भएको द्वन्द्वका क्रममा २४० भन्दा बढी बालबालिकाहरूको मृत्यु भएको छ। 

अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर शुक्रबार तथ्याङ्क सार्वजनिक गरिएको युक्रेनको विदेश मन्त्रालयले जनाएको छ। 
“द्वन्द्व प्रभावित क्षेत्रमा अहिले पनि बालबालिकाहरु खतरामा रहेका छन् र उनीहरूलाई सुरक्षाको आवश्यकता छ,” विदेश मन्त्री प्याभ्लो क्लिम्किनले भने। 

युक्रेनको पूर्वी क्षेत्रमा सन् २०१४ को अप्रिलदेखि द्वन्द्व सुरु भएको हो। त्यस क्षेत्रका सहरहरूलाई आफ्नो नियन्त्रणमा राख्न सरकारी पक्षले रक्षात्मक आक्रमण गरिरहेको छ। 

सशस्त्र लडाकू समूहले केही ठाँउहरू आफ्नो नियन्त्रणमा लिएर कीभबाट स्वतन्त्र भएको घोषणा गरेका छन्। 

प्रकाशित: १८ जेष्ठ २०७५ १६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App