२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जबरजस्ती करणीको आरोपमा एक पक्राउ

पर्वत – गएराति एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। कुश्मा नगरपालिका– ८ स्थित चुवाका दुर्गाबहादुर जिसीलाई प्रहरीले राति नै पक्राउ गरेको हो। आफ्नै घरमा बस्न आएकी एक आफन्त पर्ने महिलालाई अन्दाजी नौ बजेको समयमा जिसीले जबरजस्ती गरेको प्रहरीमा उजुरी परेको छ।

उजुरी परेपछि पक्राउ गरेर राति नै जिल्ला प्रहरी कार्यालय पर्वतमा ल्याइएको पर्वत प्रहरी प्रमुख दिलिप घिमिरेले जानकारी दिए। उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

जिसीकी पत्नी सुत्केरी अवस्थामा छिन्। उनको रेखदेखका लागि ती महिला जिसीको घरमा आएकी थिइन्।

प्रकाशित: १८ जेष्ठ २०७५ ०५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App