मकवानपुर – नेपाली कांग्रेस जिल्ला सभापतिको राष्ट्रिय भेला आयोजनाका लागि तयारी सुुरु भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितीमा राष्ट्रिय भेला सफल बनाउन बिहीबार हेटौंडामा १० समिति गठन गरिएको हो।
असार ५, ६ र ७ गते हुने राष्ट्रिय भेलालाई भव्य र ऐतिहासिक बनाउन समिति गठन गरिएको कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले बताए।
सभापतिको राष्ट्रिय भेलामा ७७ जिल्लाका सभापति र केन्द्रीय समितिका ८५ पदाधिकारी एवम् सदस्यको सहभागिता रहने केन्द्रीय प्रवक्ता शर्माले जानकारी दिए। शर्माले राष्ट्रिय भेला बदलिएको संघीय संरचनामा विधान संसोधन, पार्टीको संगठन तथा भातृ/शुभेच्छुक संघसंगठन सुदृढीकरण र समसामयिक राजनीतिक परिवेशबारे केन्द्रित रहने बताए।
प्रदेश समन्वय संयोजकमा उपसभापति विष्णुप्रसाद लामिछाने, मिडिया सेन्टर संयोजकमा जिल्ला सचिव बुद्ध लामा, मञ्च तथा हल व्यवस्थापनमा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रचारप्रसार संयोजकमा प्रवक्ता प्रदिप कोईरालाको नेतृत्वमा समिति गठन गरिएको उनले बताए।
त्यस्तै खाना संयोजकमा जिल्ला सदस्य रामबाबु बानियाँ, स्वास्थ्य संयोजकमा जिल्ला सदस्य राजिव सुवेदी, स्वयम्सेवक संयोजकमा जिल्ला सदस्य अर्जुन तिवारी, आवास संयोजकमा जिल्ला सल्लाहकार भरत पराजुली, सांस्कृतिक संयोजकमा जिल्ला सदस्य सुशान्त श्रेष्ठ र अतिथि सत्कार संयोजकमा हेटौंडा नगर सभापति आनन्दराम पराजुली चयन गरिएको सभापति बानियाँले बताए । कांग्रेस केन्द्रीय कार्यसमितिको जेठ ६ गते बसेको बैठकले जिल्ला सभापतिको राष्ट्रिय भेला असार ५, ६ र ७ गते मकवानपुरको हेटौंडामा गर्ने निर्णय गरेको थियो।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...
नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...
होङ्सी शिवम् सिमेन्ट प्रालिका कर्मचारीको सहयोगमा चिनियाँ चिकित्सा टोलीले १६ पाल्पाको निस्दीमा पर्ने ज्यामिरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको...
यसमा तपाईको मत