दुई सातामै नेकपाको नाम परिवर्तन

बुधबार, १६ जेठ २०७५, २२ : २८ मणि दाहाल  | @maninagarik

काठमाडौं– गठनको दुई सातामै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गरेको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीले नाम परिवर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्णय गरेको हो। दुई दलबीच जेठ ३ गते एकीकरण भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी नाम राखेर दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको थियो। 

‘हामीले विभिन्न पक्षबाट आएका सुझावलाई ध्यान दिएर पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेका छौं,’ संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्बाङले नागरिकसँग भने, ‘पार्टी दर्ता विषयमा हामी निर्वाचन आयोगसँग निरन्तर छलफलमा छौं। यस विषयमा निर्वाचन आयोगलाई आवश्यक कागजात पनि पठाएका छाैं।’ 

नेम्बाङका अनुसार अब पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टीको सट्टा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुने छ। उनले भने, ‘नागरिक समाज, कानुनविद् र पार्टीका नेता तथा कार्यकर्ताको सुझावमा यस्तो निर्णय गरिएको हो।’ निर्वाचन आयोगमा दल दर्ताका लागि दलले नेम्बाङ र देव गुरुङलाई जिम्मा दिएको छ। 

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नामक दल पहिला नै दर्ता भइसकेको र सोही नाममा अन्डरलाइन गरेर अर्को दल बनाउँदा फरक छुट्याउन अप्ठेरो हुने भन्दै नाम फेर्न सुझाव दिएपछि नयाँ निर्णय लिनुपरेको हो। आयोगमा ऋषि कट्टेलको नेतृत्वमा नेकपा कम्युनिस्ट पार्टी दर्ता छ भने नेत्रविक्रम चन्दले नेपाल कम्युनिष्ट पार्टीका नाममा गतिविधि गर्दै आएका छन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad