१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बस र ट्रक एक आपसमा ठोक्किँदा सातको मृत्यु

नयाँ दिल्ली- दक्षिण भारतीय राज्य टेलङ्गानामा ट्रक र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य २२ घाइते भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ। 

स्थानीय समयानुसार मङ्गलबार राति ९ बजे टेलङ्गाना राज्यको करिमनगर सहरको नजिकै चेन्जेर्ला गाउँमा सो घटना भएको थियो। प्रहरीका अनुसार दुर्घटना भएको सो बसमा करिब ३० व्यक्ति सवार रहेका थिए। 

सात व्यक्तिको दुर्घटना स्थलमा नै मृत्यु भएको र घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ। घाइतेमध्ये पाँच व्यक्तिको भने अवस्था चिन्ताजनक रहेको जानकारी दिइएको छ। 

दुर्घटनामा परेको सो बस वारनगालबाट करिकनगर शहरतर्फ गइरहेको बताइएको छ। विश्वको अरू देशको तुलानामा भारत बढी सडक दुर्घटना हुने देशमा पर्दछ। 

कम मर्मत संभार भएको सडक चालकको लाहपर्वाह र ट्राफिक नियमको उलङ्घन जस्ता कारणले भारतमा बढी सडक दुर्घटना हुने गरेको विज्ञहरुको भनाई रहेको छ। 

प्रकाशित: १६ जेष्ठ २०७५ १६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App