१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाई चराउन गएकी महिला मृत फेला

पाल्पा – गाई चराउन गएकी एक महिला मृत भेटिएकी छन्। माथागढी–७, रहबास मौलाथरकी ४१ वर्षीया मधुमाया ठाडा मृत अवस्थामा भेटिएकी माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले बताए।

बुधबार दिउँसो गाई चराउन माहारा गएकी मधुमाया साँझ अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भीरमा अड्किएको अवस्थामा भेटिएकी हुन्। उनी चप्पलमा बसेको र चिप्लियर भीरबाट खसेको हुनसक्ने अनुमान गरिएको अध्यक्ष थापाले बताए।

साँझ ६ बजे भेटिएको उनको शवलाई प्रहरी र स्थानीयको सहयोगमा निकालिएको थियो।  शव पोष्टमार्टम गरी अन्तेष्ठी गरिएको छ।

प्रकाशित: ११ जेष्ठ २०७५ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App