१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्कुलको पर्खाल भत्किँदा एकको मृत्यु

महोत्तरी–स्कुलको पर्खाल भत्किएर पिपरा १ की २५ वर्षीय रन्जु देवी धनकारको मृत्यु भएको छ । घर नजिकैको धाराबाट पानि ल्याउन गएका बेला पिपरा– १ स्थित मनोज साहले सञ्चालन गरेको आस इङ्गिलिस बोर्डिग स्कुलको कम्पाउण्डको पर्खाल एक्कासी भत्किएर रन्जुलाई थिचेपछि उनी गम्भीर घाइते भएकी थिइन्।

उनलाई स्थानीयले तत्काल उद्दार गरी उपचारकालागि जनकपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
वर्षाको पानीले पर्खालको जग कमाजोर भएर खसेको हुन सक्ने प्रहरीले जनाएको छ ।  मृतकको शव अञ्चल अस्पताल जनकपुरमा राखिएको छ । घटना सम्बन्धि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: १६ भाद्र २०७३ ०५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App