१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नायिका निता ढुंगानासहित ४ सम्मानित

मकवानपुर– नेपाली फिल्मकी नायिका निता ढुंगाना चलचित्र पत्रकारिता दिवसको अवसरमा गृहनगर हेटौंडामा सम्मानित भएकी छिन्। चलचित्र पत्रकार संघ मकवानपुरले उनीसहित २ कलाकार र २ पत्रकारसहित ४ जनालाई सम्मानित भएका हुन्।

कलाकारिता सम्मानबाट नायिका ढुंगाना र हेटौंडेली अर्का कलाकार सुशान्त श्रेष्ठलाई सम्मान गरेको छ। राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट राजधानी दैनिकका डब्बु क्षेत्रीलाई ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरेको छ। साथै चलचित्र पत्रकारिता पुरस्कारबाट जनता टेलिभिजनका रामकुमार एलनलाई ५ हजार रुपैंयासहित सम्मान गरेको छ।

प्रदेश ३ का प्रतिप्रक्ष नेपाली काँग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष शान्तिप्रिय, चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन, निर्माण ब्यबसायी संघका अध्यक्ष आनन्दराम पराजुली, उद्योग संघका अध्यक्ष नवराज अर्याल, चलचित्र निर्देशक समाजका निबर्तमान उपाध्यक्ष सुमन दाहाल लगायतले फिल्मले समाजको कथा बोल्ने भएकाले फिल्मी क्षेत्रको विकासमा सरकारी र निजी क्षेत्रको भुमिका बढाउनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: ९ जेष्ठ २०७५ ०९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App