विश्वकप फुटबलका लागी पोर्चुगलद्वारा राष्ट्रिय टोलीको घोषणा, केही चर्चित खेलाडी टाेली बाहिर

शुक्रबार, ०४ जेठ २०७५, १४ : ३६ एजेन्सी

पोर्चुगल – रुसमा आउदो महिना देखि सुरु हुने २० औं विश्वकप फुटबलका लागी पोर्चुगलले २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ।

प्रशिक्षक फर्नान्डो सान्तोषले क्रिष्ट्रियानो रोनाल्डोको कप्तानीमा टोलीको अन्तिम नामावली सार्वजनिक गरेका हुन्। टोलीमा लाजियोका स्ट्राइकर पोर्चुगलबाट तेस्रो बढी क्याप जितेका नानी, बार्सिलोनाका मिडफिल्डर आन्दे्र गोमेज र बार्यन म्युनिखबाट लोनमा स्वान्सी गएका रेनाटो सान्चेसले भने स्थान बनाउन सकेनन्।

त्यस्तै युरो कप २०१६ मा फाइनल खेलमा फ्रान्सविरुद्ध एक गोल गर्दै उपाधि दिलाएका स्ट्राइकर एडर पनि टोली अटाएनन्।

प्रशिक्षक सान्तोषले युरो कप जिताउन महत्वपूर्ण भूमिका खेलेका खेलाडी टोलीमा पर्न नसक्नु दुखद भएको प्रतिक्रिया दिएका छन्।

पोर्चुगलको २३ सदस्यीय टोली
गोलकिपरः एन्थोनी लोपेस (लियोन), बेटो (गोज्टेपे) र रुइ प्याटरीसियो (स्पोर्टिङ लिस्वन)

डिफेन्डरः बु्रनो एल्भेस (रेन्जर्स), सेड्रिक सोएरेस (साउथह्यामटन),जोसे फोन्टे (डलीन यीफंग), मारियो रुइ (नेपोली), पेपे (बेसिक्टास), राफयल गेरेइरो (बोरुसीया डर्टमण्ड), रिकार्डो पेरेइरा (पोर्टो) र रुबिन डियास

मिडफिल्डरः एड्रिन सिल्भा (लेस्टर सिटी), बु्रनो फर्नान्डेस (स्पोर्टिङ लिस्वोन),जोआवो मारियो (वेष्टह्याम), जोआवो मौटिन्हो (मोनाको), मानुयल फर्नान्डेस (लोकोमोटिभ मस्को) र विलियम बार्भल्हो (स्पोर्टिङ)

स्ट्राइकरः आन्द्रे सिल्भा (एसी मिलान), बर्नार्डो सिल्भा (म्यानचेस्टर सिटी), क्रिष्टियानो रोनाल्डो (रियाल मड्रिड), गील्सन मार्टिन्स (स्पोर्टिङ लिस्वन), गोन्जालो गुइडेस (भ्यालेन्सीया) र रिकार्डो कोरेज्मा (बेसिक्टास)

पोर्चुगल विश्वकप फुटबलको समुह ‘बी’ मा रहेको छ। पोर्चुगलको समुहमा स्पेन, मोरक्को र इरान रहेका छन्।








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad