१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अदितिको शिरमा मिस टिन कलेज २०१६ को ताज

काठमाडौं-मिस टिन कलेज २०१६ ’ को उपाधि लिटिल एन्जल हात्तिवनमा कक्षा १२ को परिक्षा दिएर फुर्सदमा बसेकी १७ वर्षीया अदिति तुलाधरले यो वर्षको मिस टिन कलेजको ताज  चुम्न सफल भइन।  उनले मिस पर्शनालीटि र वेष्ट स्टाइलिस अवार्ड पनि हात पारिन्। मंगलवार साँझ राजधानीको नाचघर जमलमा सम्पन्न सो प्रतियोगितामा आफ्ना २७ जना प्रतियोगीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन्।

मिस टिन कलेज उपाधि जितेबापत उनले १६० हजार वरावरको स्कुटर ह्वाइट हाउस कलेज वानेशवरको तर्फवाट छात्रावृति ,फेशन सेन्टर भाटभटेनीको थर्फवाट १० हजार वरावरको साडी साथै नेपाल एयर होस्टेज एकाडमीको तर्फवाट २५ हजार वरावरको एयरहोस्टेज तालीमको लागि छात्रावृति पनि हासिल गरिन्।

सिजन मिडियाद्धारा आयोजित सो प्रतियोगितामा ‘फस्ट रनर अप’को उपाधि दक्षिणकाली फरपिङकी १७ वर्षिय प्रतिक्षा तामाङले जितिन् भने तामाङले उपाधिसँगै चिर्योस च्वाइस अवार्ड पनि हात पारिन भने एमआई मोवाइल फोन र क्याम्पीयन साउथवोेइस्टन कलेको तर्फवाटरु १ लाख वरावरको उच्च शिक्षाको लागि छात्रावृत्ति पाइन भने नेपाल  एयरहोस्टेज एकाडमीको तर्फवाट रु २५ हजारको निसुल्क तालिम साथै उनले विभिन्न उपहार प्राप्त गरिन् । 

कार्यक्रममा सेकेन्ड रनरअपको उपाधि जेभीयर इन्टरनेशनल कलेजमा अध्ययनरत  १७ वर्षीया प्रार्था वस्नेतले वाजी मारिन्। उनले उपाधिसँगै सिटिभि मोवाइल नेपाल  एयरहोस्टेज एकाडमीको तर्फवाट २५ हजारको निसुल्क तालिम साथै उनले विभिन्न उपहार प्राप्त गरेकी थिइन् भने वस्नेतले क्रियटिभ अर्वाड ’को उपाधि पनि सो प्रतियोगितामा हात पारिन्। 

यसैगरी रेडन कलेज सामाखुसीमा कक्षा ११मा अध्ययनरत सोनाम खड्गी थर्ड रनरअप र सेन्टलरेनस कलेज चावहीलमा कक्षा १२ मा अध्ययनरत वर्षा वस्नेत फोर्थ रनरप भइन उनीहरु दुवैले सिटिभि मोवाइलको तर्फवाट मोवाइलफोन  र नेपाल  एयरहोस्टेज एकाडमीको तर्फवाट रु २५ हजारको निसुल्क तालिम प्राप्त गरिन् । 

सबै तस्बिर: प्रबिन काेइराला

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App