१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

थ्री स्टार फाइनलमा, अन्तिम सेमिफाइनल खेलमा मनाङ र सुनसरी भिड्दै

झापा (सेतो) का खेलाडी बल अघि बढाउँदै। तस्बिरः महेश्वर

उदयपुर – झापा ११ लाई १–० ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब ललितपुर, उदयपुरमा जारी पाँचौं रमपम उदयपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

मध्यान्तरअघि गोलरहित सकिएको बुधबारको प्रतियोगितामा मध्यान्तरपछि मात्र थ्री स्टारका खेलाडी अजय मार्टिनको गोल गर्दै खेल मनोरञ्जक बनाएका थिए । खेलको ५८ औं मिनटमा मार्टिनको प्रहार गोलमा परिणत हुनु नै थ्री स्टारका लागि फाइनलको गेटपास साबित भयो।

थ्री स्टारकै पिटर सेगुन खेलको म्यान अफ दी म्याच भए । यसबापतन उनले नगद ७ हजार रुपैयाँ हात पारे ।
बिहीबार हुने अन्तिम सेमिफाइनलमा मनाङ मस्र्याङ्दीसँग सुनसरीले पौंठेजोरी खेल्नेछ।

सदरमुकाम त्रियुगा नगरपालिका १३ स्थित थरुहट–उदयपुर रंगशालामा जारी प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमशः ५ लाख र ३ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको फाइनल आउँदो शनिबार हुनेछ।

प्रकाशित: ३ जेष्ठ २०७५ ०४:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App