१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विष्फोटनमा संलग्न १२ जनालाई जेल सजाय

ताइवेइ – ताइवानमा एउटा विस्फोटनको घटनामा संलग्न १२ जनालाई शुक्रबार जेल सजाय सुनाइएको छ। 

चार वर्ष अगाडि भएको विस्फोटनको घटनामा परी ३२ जनाको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए। ताइवानको दक्षिणी कौसिङ सहरमा विस्फोट भएको थियो। 

जेल सजाय पाउनेमा तीन जना सरकारी अधिकारी पनि रहेका छन् । सरकारी अधिकारीहरूलाई चार वर्ष १० महिनाको जेल सजाय तोकिएको छ। 

घटनामा दोषी ठहरीएका तीन जना सरकारी अधिकारीले विस्फोटनका बेला आफ्नो जिम्मेवारीको वेवास्ता गरेको आरोपमा सजाय भएको छ। 

अन्य दोषीलाई भने बढीमा पाँचवर्ष जेल सजाय तोकिएको छ । 

प्रकाशित: २८ वैशाख २०७५ १४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App