प्रदेश ३

प्रधानमन्त्रीले प्रदेशसभामा सम्बोधन गर्ने

शुक्रबार, २८ बैशाख २०७५, ०७ : ४० अशोकसुजन श्रेष्ठ

मकवानपुर – प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश ३ को प्रदेशसभा अधिवेशनलाई सम्बोधन गर्ने भएका छन्। जेठ १ गतेबाट हुने प्रदेशसभाको दोस्रो अधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली हेटौंडा आउने प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले बताए। प्रधानमन्त्रीले प्रदेशको बजेट पहिले नै सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।

सातवटै प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा ओली जेठमा हेटौंडा आउन लागेका हुन्। प्रधानमन्त्री कति गते आउने टुंगो नलागेपनि प्रदेश सभाको बजेट अघि नै सम्बोधन गर्ने सम्भावना रहेकाले तयारी गरिरहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

देशको राजधानीसमेत रहेको प्रदेश ३ को सम्बोधनको विशेष महत्व हुने भएकाले प्रधानमन्त्रीको सम्बोधनलाई विषेश बनाउन तयारी भइरहेको सभामुख श्रेष्ठको भनाइ छ। सत्तारुढ पार्टी नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको सम्बोधनले प्रदेशको राजधानीको विषयलाई समेत प्रभाव पार्ने देखिन्छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले हेटौंडालाई अस्थायी प्रदेश राजधानी तोके पनि स्थायी राजधानी अझै अन्योलमा रहेको छ। यसअघि सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हेटौंडा राजधानीका लागि उपयुक्त रहेको बताउँदै आफ्ना लागि हेटौंडा भए खुसी हुने भनेर घुमाउरो पाराले जवाफ दिएका थिए।

जिल्ला समन्वय समिति मकवानपुरले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदा उपयुक्त भएरै आपूmहरूले घोषणा गरेको भन्दै हेटौंडालाई स्थायी गर्न सत्तारुढ र अन्य पार्टी र प्रदेश सांसदहरू जिम्मेवार हुनुपर्ने बताएका थिए। यता, नेकपा एमाले मकवानपुरले प्रधानमन्त्री ओलीलाई चितवन आएका बेला हेटौंडालाई नै स्थायी राजधानी बनाउन ज्ञापनपत्र बुझाएका छन्। त्यसबेला ओलीले सकारात्मक जवाफ दिएको एमालेका नेताहरूले बताएका थिए।

अधिवेशनको अन्तिम १९ औं बैठकले प्रदेशसभाले प्रदेश स्थायी राजधानी सम्भाव्यता अध्ययन गर्न विशेष समिति गठन गरेको छ। एक संयोजक तोकेर ४५ दिन भित्र प्रतिवेदन बुझाउन निर्देशन पनि दिईएको छ। संविधानको धारा २८८ को उपधारा २ र प्रदेश सभा सञ्चालन नियमावलीको नियम १५२ बमोजिम प्रदेश राजधानी सम्भाव्यता अध्ययन गर्न १३ सदस्सीय विशेष समिति गठन गरेको हो। प्रदेश ३ को स्थायी राजधानी माग गर्दै काभ्रेपलाञ्चोक, नुवाकोट र भक्तपुरका सांसदहरूले प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका थिए।

जेठको चौथो साता प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७४/७५ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारी रहेको छ। प्रदेश सरकार सञ्चालनका अत्यावश्यक कानुनहरु नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो मातहत स्थानीय निकायलाई वित्तीय सामान्यीकरण अनुदान दिने सम्बन्धी कानुन, प्रदेश आकस्मिक कोष ऐन, प्रदेश लोकसेवा आयोगसम्बन्धी ऐन, सरकारी कामकाजको भाषा निर्धारणसम्बन्धी कानुन सरकारले पेश गरेपछि प्रदेशसभाको बैठकले पारित गर्ने सभामुख श्रेष्ठको तयारी छ।

माघ १८ गतेबाट सुरु भएको पहिलो अधिवेशन आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट तयारी भन्दै वैशाख १४ गतेबाट अन्त्य भएको घोषणा गरिएको थियो। प्रदेशसभाको प्रथम अधिवेशनले ५ वटा विधेयक पारित गरेको छ भने दुईवटा विधेयक समितिमा छलफलमा पठाएको थियो।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad