१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अज्ञात समूहद्वारा चर्चमा आगजनी

कोहलपुर– कोहलपुर नगरपालिका १० स्थित रामनगरमा रहेको एक चर्चमा आगलागी भएको छ। जीवन ज्योति विद्यालय नजिकै रहेको चर्चमा शुक्रबार राति आगलागी भएको हो। 

घटनामा मानवीय क्षति नभए पनि भौतिक क्षति भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोखरेलले बताए। उनका अनुसार शुक्रबार राति १ बजेको समयमा लागेको आगोबाट प्रार्थना गर्ने हलमा भएका सबै सामान, कार्पेट, पंखा आदी जलेर नष्ट भएको छ। सुरक्षाकर्मी र स्थानीयले आगो एक घण्टापछि नियन्त्रणमा लिएका थिए।

चर्चमा अज्ञात समूहले आगजनी गरेको प्रहरीको भनाई छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित: २३ वैशाख २०७५ १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App