२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आइपीएल : बेंग्लोरलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

मुम्बई– एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गर्दै चेन्नई सुपर किंग्स शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार अपराह्न महाराष्ट्र क्रिकेट एशोसियसन स्टेडियममा भएको खेलमा चेन्नईले बेंग्लोरलाई १८ ओभरमै ६ विकेट हराउँदै शीर्ष स्थानमा पुनरागमन गरेको हो। यसअघि कोलकाता नाइट राइडर्ससँग हार्दा चेन्नई शीर्ष स्थानबाट तल झरेको थियो। आइपीएलमा १० खेल खेलेको चेन्नई लगातार शीर्ष स्थानमा रहँदै आएको छ। चेन्नईले ७ खेल जितेको छ। 

महाराष्ट्र स्टेडियममा बेंग्लोर र चेन्नईबीच आज भएको खेलमा चेन्नईले सहजै जित निकाल्यो। टस हारेर व्याटिङ्गको निम्तो पाएको बेंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रन बनायो। जवाफी व्याटिङ्ग गरेको चेन्नईले १२ बल अगावै ४ विकेटको क्षतिमा १२८ रनको लक्ष्य भेट्टायो। 

चेन्नईको जितमा अम्बती रायडु (३२), कप्तान महेन्द्रसिंह धोनी (३१) र सुरेश रैना (२५) निर्णायक बने। रायुडुले २५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दा कप्तान धोनी २३ बलमा १ चौका र ३ छक्कासहित अविजित रहे। रैनाले २१ बलमा २ चौका र १ छक्का प्रहार गर्न भ्याए। शेन वाट्सनले ११ रन जोड्दा ड्वेन ब्राभो १४ रनमा अविजित रहे।

बलिङतर्फ बेंग्लोरका कलिन डी ग्रैण्डहोम र मुरुगन आश्विनले समान १–१ विकेट लिए।

यसअघि टस हारेर व्याटिङ्गको निम्तो पाएको बेंग्लोर निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रनमा समेटियो। पार्थिव पटेलले सर्वाधिक ५३ रन र टिम साउदीले ३६ रन बनाउनु बाहेक बेंग्लोरका लागि अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। ४१ बल खेलेका पटेलले ५ चौका र २ छक्का प्रहार गरे भने साउदीले २६ बलमा ३ चौका र १ छक्का हाने।

पटेल र साउदीबाहेक बेंगलोरका अन्य व्याट्सम्यान चेन्नईका बलरसामु निरिह बने। आश गरिएका कप्तान विराट कोहली पनि ८ रनमै आउट भए। 

बेंग्लोरलाई सस्तैमा समेट्न रवीन्द्र जडेजाले सर्वाधिक ३ विकेट लिए। हरभजन सिंहले २ तथा डेभिड विल्ली र लुंगी नगिदीले १–१ विकेट लिए।

प्रकाशित: २२ वैशाख २०७५ १४:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App