१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट पुनस्थापना

वेलिङटन – न्युजिल्यान्ड क्रिकेट बोर्ड(एनजेटसी)ले अन्तर्राष्ट्रिय शृंखलाका लागि सन् २००३ पछि पहिलो पटक पाकिस्तान भ्रमण गर्न सकारात्मक भएको बताइरहँदा अस्ट्रेलियाले भने सुरक्षा व्यस्थामा ढुक्क नभएको भन्दै इस्लामाबाद भ्रमण नगर्ने घोषणा गरेको छ।

न्युजिल्यान्ड क्रिकेटले अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाका लागि भ्रमण गर्न पाकिस्तानल गरेको प्रस्तावमा सकारात्मक भएको र यसबारे पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)सँग छलफल भैरहेको बताएको छ।

‘हामी पाकिस्तानको प्रस्ताबमा आपसी र दुईपक्षिय छलफलमा छौ,’ एनजेटसीका प्रवक्ताले भने, ‘पाकिस्तानको सुरक्षा अवस्था बुझेपछि मात्र यसबारे अन्तिम निर्णय लिइने छ।’
पाकिस्तानले अक्टोबर र नोभेम्बरमा संयुक्त अरब इमिरेट्स(युएई)मा न्युजिल्यान्ड र पाकिस्तानविरुद्धको शृंखला खेल्ने तालिका छ।

तर पसिबीले न्युजिल्यान्ड र अस्ट्रेलियालाई टेस्ट शृंखला युएईमा खेले पनि ट्वान्टी–२० शृंखलाका लागि भने पाकिस्तान भ्रमण गर्न आग्रह गरेका थिए।

न्युजिल्यान्डले सन् २००३ मा कराँचीमा टोली बसेको होटल अगाडि १५ जनाको ज्यान जानेगरी भएको आत्मघाती बम विस्फोटपछि पाकिस्तान भ्रमण गरेको छैन। अस्ट्रलियन टोलीले भने पाकिस्तान भ्रमण गर्ने कुनै तयारी नभएको बताएको छ।

‘अस्ट्रेलियाली खेलाडीको सुरक्षा नै हाम्रो मुख्य प्राथमिकता हो,’क्रिकेट अस्ट्रेलियाका प्रवक्ताले भने, ‘हामी अझै पाकिस्तानको सुरक्षा व्यवस्था बारे अझै निश्चिन्त हुन सकेका छैनौ।’

प्रकाशित: २१ वैशाख २०७५ ०५:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App