१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाकाे सीमामा रहेको प्रोपोगान्डा स्पिकर हटाइयो

तस्विर : एजेन्सी

सोल–उत्तर कोरियासँगको सीमामा रहेको आफ्नोतर्फको प्रोपोगान्डा लाउडस्पिकर हटाउन थालिएको दक्षिण कोरियाले बताएको छ।

प्योङयाङले पनि उसको तर्फको प्रोपोगान्डा लाउडस्पिकर हटाइरहेको हुनसक्ने भन्दै दक्षिण कोरियाले आफ्नोतर्फको लाउडस्पिकर हटाएको बताएको हो ।

दुई देशबीचको सीमामा दुई कोरियाले एकअर्काविरुद्ध प्रोपोगान्डा प्रसारण गर्न लाउडस्पिकर प्रयोग गर्दै आइरहेका छन् । सीमा क्षेत्रमा रहेका लाउडस्पिकर हटाउने कार्य गत साता दुई कोरियाबीच भएको ऐतिहासिक शिखर बैठकपछिको सांकेतिक उपलब्धी भएको बिबिसीले जनाएको छ ।

शुक्रबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच भएको शिखर वार्तामा एकअर्काबीचको शत्रुतापूर्ण व्यवहार अन्त्य गर्ने र कोरियाली प्रायद्वीपलाई आणविक निःशस्त्रीकरण गर्न मिलेर काम गर्ने विषयमा सहमति भएको थियो । कोरियाली प्रायद्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्नेबारे थप छलफल गर्न अमेरिकी राट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच केही साताभित्रै शिखर वार्ता हुँदै छ।

उत्तर कोरियाविरुद्ध प्रोपोगान्डा गर्न दक्षिण कोरियाले सन् १९६०को दशकमा दुई देशबीचको सीमामा पहिलो पटक लाउडस्पिकर राखेको थियो । लाउडस्पिकर राखेदेखि नै उसले कोरियाली पप म्युजिकदेखि समाचार रिपोर्टसम्म ठूलो आवाजमा उत्तरतर्फ प्रसारण गर्ने गरेको छ। ती विवरण दुई देशको सीमामा रहेका उत्तर कोरियाली सेनालाई उनीहरुको नेतृत्वविरुद्ध द्विविधा सिर्जना गर्ने उद्देश्यसहित गर्ने गरिएको छ।

 

प्रकाशित: १९ वैशाख २०७५ ०५:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App