१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानी ड्राइभरका छोरा बने बेलायतको गृहमन्त्री !

लण्डन– बेलायतकी प्रधानमन्त्री थेरेजा मेले पाकिस्तानी मुलका साजिद जाविदलाई देशको नयाँ गृहमन्त्री नियुक्त गरेकी छिन्। 

वर्तमान गृहमन्त्री अम्बर रुडले सोमबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीले अल्पसंख्यक समुदायबाट ४८ वर्षीय जाविदलाई गृहमन्त्री नियुक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन्। अल्पसंख्यकबाट गृहमन्त्री बन्ने जाविद पहिलो व्यक्ति हुन्। पेशाले बैंकर जाविद अहिले कन्जरभेटिभ पार्टीबाट ब्रांम्सग्रोव क्षेत्रको सांसद छन्।  

जाविदका पिता ड्राइभर थिए। जो १९६० को दशकमा पाकिस्तानबाट बेलायत आएर बसेका थिए। 

बेलायतको गृहमन्त्री पदमा पुग्ने जाविद पहिलो अश्वेत, एशियाली र अल्पसंख्यक नेता भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रकाशित: १८ वैशाख २०७५ १२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App