१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने

बेइजिङ- चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने भएका छन् । उनी अाउँदाे  मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले जानकारी दिए।

उत्तर कोरियाली विदेशमन्त्री रि योङ होको आमन्त्रणमा उनी उत्तर कोरियाको भ्रमणमा जान लागेका हुन्।

पछिल्लो समयमा उत्तर कोरिया विश्व राजनीतिको चासोको एक केन्द्र बनिरहेको छ। उत्तर कोरिया र दक्षिण कोरियाबीच पछिल्लो समयमा विकसित राजनीतिक परिस्थितिले गर्दा उत्तर कोरियाप्रति विश्वको चासो बढेको हो।

उत्तर कोरियाली नेता किम जोग उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनबीच गएको शुक्रबार कोरियाली प्रायदीपमा शान्ति स्थापनाका बारेमा एक महत्वपूर्ण सम्झौता भएको थियो।

कोरियाले लिएको यो पछिल्लो रणनीतिका कारण विश्व राजनीतिक सरगर्मी बढेको बेला चिनियाँ विदेशमन्त्रीले गर्ने यो भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ।रासस

प्रकाशित: १७ वैशाख २०७५ ०५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App