१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘समयसीमा अगावै भारतका सबै गाउँमा बिजुली’

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तोकेको समयसीमा भन्दा १२ दिनअघि नै भारतका सबै गाउँमा बिजुली पुगेको भारत सरकारले आइतबार जनाएको छ।

यस कार्यले सन् २०१९ मा हुने भारतको संसदीय निर्वाचनमा भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई ठूलो सहयोग पुग्ने अपेक्षा सरकार पक्षले लिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

एसियाकै तेस्रो ठूलो अर्थतन्त्र रहेको भारतमा कैयौं वर्षदेखि विद्युत संकट रहिरहेको छ। विद्युत संकटकै कारण भारतका कैयौं कलकारखानाले विद्युत अवरोधको सामना गर्न परिरहेको छ भने कैयौं अस्पतालहरु डिजेलबाट सञ्चालन हुने जेनेरेटरमा निर्भर रहनुपर्ने बाध्यता रहेको छ।

विद्युत सञ्जालबाट जोडिन बाँकी रहेको उत्तरपूर्वी ग्रामीण क्षेत्रको गाउँमा शनिबार बिजुली जडान भएपछि देशैभर बिजुली पुगेको प्रधानमन्त्री मोदीले आइतबार बताएका छन्। ‘अप्रिल २८ का दिन भारतको विकास यात्राका लागि इतिहासमै स्मरणीय दिन भएको छ,’ प्रधानमन्त्री मोदीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

‘कैयौं भारतीय नागरिका जीवनमा सधाका लागि हुने परिवर्तन हुने विषयमा हामीले गरेको एउटा प्रतिबद्धता हिजो पूरा भएको छ,’ प्रधानमन्त्री मोदीले आइतबार गरेको ट्विटलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। प्रधानमन्त्री मोदीले आइतबार यस्तो ट्विट गर्नेबित्तिकै उनकै मन्त्रिपरिषद्का कैयौं सदस्यले बधाई दिएका थिए।

भारतको केन्द्रीय तथ्याङ्क विभागले गरेको जनगणनामा भारतभर पाँच लाख ९७ हजार चार सय ६४ वटा गाउँ रहेका छन्। प्रधानमन्त्री मोदीको यस ट्विटसँगै अब यी सबै गाउँमा बिजुली पुगेको सरकारी तथ्याङ्कले देखाएको छ। वर्तमान प्रधानमन्त्री मोदीले सन् २०१४ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका बेला भारतको कबिर १८ हजार चार सय ५२ गाउँमा बिजुली पुगेको थिएन। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको चार वर्षभित्रैमा भारतभर बिजुली पु¥याउन सकेको मोदी सरकारको कामले सन् २०१९ मा भारतमा हुने आमनिर्वाचनमा भाजपालाई सहयोग पुग्ने विभिन्न विश्लेषकहरुले अनुमान गरेका छन्।

भारतका प्रत्येक  गाउँ केन्द्रिय प्रसारण लाइनमा जोडिनुको अर्थ सबै गाउँवासीले बिजुली प्रयोग गरे वा सबै भारतीय नागरिक बिजुलीको पहुँचमा पुगे भन्ने चाहिं नभएको रोयटर्सले जनाएको छ। गाउँमा विद्युतीय पूर्वाधार छ र ती गाउँमा रहेका १० प्रतिशत घर र विद्यालय, स्थानीय प्रशासन कार्यालय र स्वास्थ्य केन्द्रसहित सार्वजनिक स्थलमा बिजुली जडान भएको छ भने त्यो गाउँलाई बिजुली पुगेको गाउँका रूपमा भारत सरकारले राखेको छ।

भारतीय प्रधानमन्त्री मोदीले पूर्वनिर्धारित समयभन्दा अघि नै देशैभर विद्युत सञ्जाल जोडिएको बताएपनि उनकै ट्विटमा कैयौंले आफ्नो गाउँमा अझै बिजुली नभएको उल्लेख गरेका छन्।

‘सबै गाउँमा अझै विद्युत पुगेको छैन,’ देशको उत्तरी क्षेत्रमा रहेको उत्तर प्रदेशमा आफ्नो गाउँ पर्ने विवरण खुलाउँदै दिलीप गुप्ता नामका एक व्यक्तिले प्रधानमन्त्री मोदीको ट्विटमा मेन्सन गरेका छन्। ‘कैयौं वर्षदेखि मेरो पुख्र्यौली गाउँले बिजुलीको आश गरिरहेको छ तर अझैसम्म आइपुगेको छैन,’ ट्विटमा गुप्ताले लेखेका छन्।

विश्वभर करिब एक अर्ब ६० करोड मानिस विद्युतविहीन अवस्थामा रहेको र त्यसमा पनि भारत र नाइजेरियाका नागरिक बढी रहेको गत वर्ष विश्व बैंकले जारी गरको एउटा प्रतिवेदनमा जनाइएको थियो।

प्रकाशित: १७ वैशाख २०७५ ०४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App