१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ला लिगाः रियल मड्रिडको जित, एथ्लेटिकाेभन्दा एक अंकले पछि

स्पेन – स्पेनिस ला लिगा फुटबलमा तेस्रो स्थानको रियल मड्रिडले १६ औं स्थानको लेगानेसलाई २–१ ले हराएको छ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा शनिबार राति सम्पन्न खेलमा रियललाई विजयी गराउन ८ औं मिनेटमा ग्यारेथ बेल र ४५ औं मिनेटमा बोजा मायोरलले गोल गरे। 

लेगानेसका लागि ६६ औं मिनेटमा लेगानेसका डार्को ब्रासानाकले एक गोल फर्काए। दोस्रो हाफको इन्जुरी समयमा ग्याब्रियलले रातो कार्ड पाएपछि लेगानेस १० खेलाडीमा सिमित भयो। रियलले च्याम्पियन्स लिगको दोस्रो लेगका लागि भनेर महत्वपूर्ण खेलाडीलाई आराम दिएको थियो।जितसँगै रियलको ३४ खेलबाट ७१ अंक भएको छ।

रियल दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा एक अंकले मात्र पछि छ। ३३ खेलबाट ८३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ।

प्रतियोगिताअन्तर्गत रातिनै सम्पन्न अन्य खेलमा रियल सोसिडाडले एथ्लेटिको बिल्बाओलाई ३–१, भिल्लारियलले सेल्टा भिगोलाई ४–१ ले पराजित गर्दा स्पानियोल र लास पाल्मसले भने १–१ को बराबरी खेलेका छन्।

प्रकाशित: १६ वैशाख २०७५ ०५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App