१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सालाह चुक्दा लिभरपुल बराबरीमा

लन्डन – इङलिस प्रिमियर लिगको शीर्ष गोलकर्ता मोहम्मद सालाहले पाएको सुनौलो गोलको अवसरमा चुकेपछि लिभरपुल शनिबार इङलिस प्रिमियर लिगमा कमजोर प्रतिद्वन्द्वी स्टोक सिटीसँग गोलरहित बराबरीमा रोकिएको छ।

खेलको पाँचौ मिनेटमा लिभरपुलले काउन्टर एट्याकमा अग्रता लिने अवसर पाएको थियो। तर सालाहले स्टोकका गोलकिपर ज्याक बट्ल्यान्डसँग वान भर्सेन वानमा प्राप्त बललाई जाली चुमाउन सकेनन्। बट्लाइन्ड बिट भैसक्दा समेत उनले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो।

घरेलु मैदान एन्फिल्डमा सालाहले डिसेम्बर २६ पछि गोल खाता खोल्न नसकेको यो नै पहिलो खेल हो। यस बराबरीपछि ३५ खेलमा ७२ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा यथावत छ। जुन दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा २ अंक कम र एक खेल कम खेल्दै चौथो स्थानमा बसेको टोटेनह्याम भन्दा ४ अंक बढी हो। ९० अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा यथावत छ। ३ं० अंक जोडेको स्टोक सिटी १८ औं स्थानमा छ।

४ दिन अघि च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा रोमामाथि ५–२ को सहज जीत हात पार्दा नायक साबित भएका सालाहले शनिबार भने उक्त लयलाई निरन्तरता दिन सकेनन्। दोस्रो लेगको खेल अर्का साता हुनेछ।
 ‘अधिकांश समय बल नियन्त्रणमा राखेपनि पाएका अवसरलाई गोलमा परिणतत गर्न नसक्दा अंक बाढ्न बाध्य भयौ,’लिभरपुलका प्रशिक्षक यार्गोन क्लोपले भने।

‘खेलाडी जीवनमा कहिले काही त्यास्तो हुन्छ,’मोहम्मद सालाहले गुमएको गोलको अवसरप्रति संकेत गर्दै क्लोपले थपे,’आशा छ उनले रोमाविरुद्धको दोस्रो लेगमा लय भेट्टाउने छन्।’

क्लोपले रोमाविरुद्धको खेलमा ५ खेलाडी परिवतृन गर्दै स्टोकविरुद्ध टोली उतारेका थिए। तिघ्राको चोटका कारण साडियो माने समेत मैदान बाहिर रहे।

त्यस्तै ट्रेन्ट एलेक्जान्डर अर्नोल्ड र जर्जिन्हो विज्नाल्डमले गरेको प्रहारले पनि पोस्टको दिशा लिन सकेन। अर्नोल्डको प्रहार बट्लाइन्डले रोकेका थिए भने विज्नाल्डमको प्रहार पोस्ट नजिकैबाट  बाहिरिएको थियो।

खेल सकिन ३ मिनेट बाकी हुदा स्टोक सिटीका इरिक पिटर्सले ह्यान्ड गरेपछि लिभरपुलका खेलाडीले पेनाल्टीको अपिल गरेपनि  रेफ्री एन्ड्रे मारिनरले घरेलु टोलीको अपिल अस्विकार गरेका थिए।

प्रकाशित: १६ वैशाख २०७५ ०४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App