नेपाली युवालाई बेइजिङ लगेर तालिम दिने चीनको घोषणा

बिहिबार, १३ बैशाख २०७५, १९ : ५३ नागरिक

काठमाडौं– उत्तरी छिमेकी चीनले नेपाली युवालाई तालिम दिने घोषणा गरेको छ। विहीबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपाली युवालाई चीन लगेर तालिम दिने घोषणा गरेकी हुन्।

नेपालमा बाँसबाट उत्पादित सामग्री प्रयोगमा ल्याउन चीनले आवश्यक प्राविधिक तालिम दिने राजदूत होङले बताइन्। ‘चीनमा बाँसबाट उत्पादित खाट, कुर्सी, टेबल र सजावटका सामग्री धेरै नै लोकप्रिय छन्’, उनले भनिन्– ‘ती सामग्री निर्माणको तालिम दिन नेपाली युवालाई चीन लैजाने हाम्रो योजना छ। छिट्टै यो योजना कार्यान्वयन हुन्छ।’

मन्त्री बस्नेतले नेपाल चीनसँग उर्जा, जडिबुटी, वन÷वातावरण लगायत क्षेत्रमा थप सहकार्यका लागि तयार रहेको समेत स्पष्ट पारेका थिए। जवाफमा राजदूत योङले असल छिमेकीका नाताले नेपालको आर्थिक विकास र समृद्धिको योजनामा साथ दिन चीन सदैव तत्पर रहेको प्रतिबद्धता जनाइन्।

‘नेपाली गैंडाले चिनियाँ जनतामाझ नेपाललाई चिनाउनेछ’

भेटमा राजदूत होङले नेपालले उपहार स्वरुप चीनलाई दिने भनेको दुई जोडी एक सिङ्गे गैंडा हस्तान्तरणको प्रक्रियाबारे चासो राखेकी थिइन्। 

जवाफमा मन्त्री बस्नेतले दुई चिनियाँ विशेषज्ञसमेतको सहयोगमा हाल चीन लान तयार पारिएका गैंडा संरक्षणको काम भइरहेको जानकारी गराए। उनले चितवन राष्ट्रिय निकुञ्जमा रहेका ती गैंडा राजधानी ल्याएर राख्नका लागि बासस्थानको निर्माण भइसकेको र आगामी जुन महिनाको दोस्रो साता एक जोडी गैंडा चीन पठाउने तयारीमा मन्त्रालय रहेको अवगत गराए। 

राजदूत योङले नेपालको एक सिङ्गे गैंडालाई चीनको राष्ट्रिय चिडिया खानामा लगेर राखिने भन्दै ती गैंडाले चिनियाँ जनतामाझ नेपाललाई चिनाउन मद्धत गर्ने विश्वास व्यक्त गरिन।

‘बिआरआई सफल पार्न नेपाल सदैव चीनको साथमा छ’

द्विपक्षीय हित र चासोका विविध विषयमा छलफलका क्रममा मन्त्री बस्नेतले चीन सरकारले उच्च प्राथमिकतामा राखेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सफल पार्न नेपालका तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।

दुई देशीय सम्बन्ध सरकार र सरकारको सम्बन्धमा मात्र सीमित नरही जनता/जनताबीचको सम्बन्धमा समेत विस्तार र सुदृढ हुँदै गएको चर्चा गर्दै मन्त्री बस्नेतले बिआरआईका कारण द्विपक्षीय सम्बन्ध र सहकार्यका धेरै आयामको ढोका खुल्ने विश्वास व्यक्त गरे। ‘बिआरआई चीनको गौरवपूर्ण आयोजना हो’, मन्त्री बस्नेतले भने, ‘नेपाल बिआरआई सफल पार्न सदैव चीनको साथ रहने छ।’ 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad