१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रसुवामा पुनर्निर्माणले गति लिँदै

तस्बिरः घर निर्माण गर्दै रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकुका भूकम्पपीडित

रसुवा – रसुवामा भूकम्पले क्षति पुर्‍याएका निजी आवास पुनर्निर्माणले गतिलिएको छ । सरकारले अनुदान रकमको किस्ता बुझ्ने समयसीमा पटकपटक तोकेपछि पुनर्निर्माणले गति लिएको हो । जिल्लामा अहिले ९ हजार ५ सय जति लाभग्राहीले घर निर्माण गरिरहेका छन्।

घर निर्माण गरिरहेका ८३ प्रतिशत लाभग्राहीलाई दोस्रो किस्ता र ३७प्रतिशत लाभग्राहीलाई तेस्रो किस्ता सिफारिस गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) रसुवाका अनुसार प्रक्रिया पूरा गरेका लाभग्राहीलाई तेस्रो किस्ता सिफारिस गरिएको हो।

जिल्लाका ३ हजार ९९६ लाभग्राहीका लागि तेस्रो किस्ता सिफारिस गरिएको आयोजना प्रमुख धीर फडेराले जानकारी दिए । २०७२ वैशाख १२ गते गएको भूकम्पले जिल्लाको ९८ प्रतिशत घर भत्किएकाथिए । जिल्लामा ११ हजार ६३३ परिवार लाभग्राहीको सूचीमा छन्।लाभग्राहीमध्ये १० हजार ७०४ जनालाई पहिलो किस्ता, ८ हजार ८८१ जनालाई दोस्रो किस्ता र ३हजार ९९६ जनालाई तेस्रो किस्ता वितरण गरिएको आयोजनाको तथ्याङ्क छ।

लाभग्राहीले२०७५ असार मसान्तसम्म दोस्रो किस्ता र २०७५ पुस मसान्तसम्ममा तेस्रो किस्ताबुझी सक्नुपर्ने समयसीमा तोकिएको छ । यसअघि तोकिएको समयसीमाभित्र भूकम्पपीडितले अनुदान लिन नसकेपछि सरकारले दोस्रो पटक म्याद थपेको हो ।
अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा ६ सय ७७निजीआवास पुनर्निर्माण भइसकेका छन् । छ वटा संस्थाले निर्माणको जिम्मापाएका १हजार १११ घरमध्ये ६ सय७७ घर निर्माण सकेका छन्।

नेपाल रेडक्रस सोसाइटीले जिम्मेवारी पाएका ४५५ मध्ये २०२, लुथरन वल्र्ड फेडेरसनले १०१ मध्ये ९१, लुमन्थीले ३८० मध्ये २९०, बतास फाउण्डेसनले १५२ मध्ये सबै घर निर्माण गरिसकेको छ । त्यसैगरी समार्टियन पर्सले १७ र ओएम नेपालले ६ घर निर्माण सुरु गरेका छन्।
सरकारी भवन पुनर्निर्माणले पनि गति लिँदै
भूकम्पले क्षति गरेका जिल्लाका आधादर्जन सरकारी कार्यालयको पुनर्निर्माणले पनिगतिलिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) रसुवाले सदरमुकामस्थित कृषि, पशुसेवा कार्यालय, हुलाक, सिंचाइ विकास, प्रमुख जिल्ला अधिकारीको आवास र खानेपानी तथा भवन डिभिजनको संयुक्त कार्यालय निर्माण गरिरहेको छ।

यी कार्यालय निर्माणका लागि १३ करोड रूपैयाँखर्च हुने छ । आयोजनाले दिएको जानकारी अनुसार निर्माण भइरहेको कार्यालयको आर्थिक प्रगति १३ प्रतिशत र भौतिकप्रगति १५ प्रतिशतभएको छ । निर्माण भइरहेका कार्यालयमध्ये चारवटा कार्यालय आगामी असारदेखि सदरमुकाममा रहने छैनन्।

त्यसैगरी भूकम्पले क्षति पुर्‍याएका जिल्लाका १६ वटा स्वास्थ्य संस्था निर्माण सम्पन्न भएका छन् । ३३ महिनाअघि गएको भूकम्पले क्षति पुगेको १९ वटा स्वास्थ्य संस्थामध्ये १६ वटा पुननिर्माण सकिएका हुन् । भूकम्पका कारण १४ वटा पूर्ण र ५ वटा स्वास्थ्य संस्था आंशिक रूपमा क्षति भएको थियो।

जिल्लामा ५० घर निर्माणका लागिआएको कार्यक्रमकालागिपर्याप्त बजेट नहुँदाकार्यक्रम सञ्चालनगर्न समस्याभइरहेको सहरी विकास तथाभवननिर्माण विभाग, डिभिजन कार्यालय रसुवाले जनाएको छ।

जिल्लामा भूकम्पबाट क्षतिभएका ६५ वटा विद्यालयका भवन निर्माण सकिएका छन् । भूकम्पले पूर्ण क्षति गरेका तथा आंशिक क्षति पुगेका ६५ विद्यालयका १ सय ३५ वटा भवन निर्माण सकिएको  सरकारी तथ्याङ्क छ ।
रकम अभावले ‘जनता आवास कार्यक्रम’प्रभावित
लाभग्राहीको सूचीमा नपरेका पीडितका लागि सरकारले सञ्चालन गरेको ‘जनताआवास कार्यक्रम’ रकमअभावले प्रभावितभएको छ ।जिल्लामा ५० घर निर्माणका लागिआएको कार्यक्रमकालागिपर्याप्त बजेट नहुँदाकार्यक्रम सञ्चालनगर्न समस्याभइरहेको सहरी विकास तथाभवननिर्माण विभाग, डिभिजन कार्यालय रसुवाले जनाएको छ।

लाभग्राहीको सूचीमानपरेकादलित, जनजाति,एकलमहिला र निम्नआयभएका ५० घरपरिवार छनोट गरिएको थियो । जिल्लाको पाँच स्थानीयतहमध्ये कालिका, उत्तरगया, गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका पीडितले आवदेन दिएकाथिए।तीमध्ये प्रक्रियापुगेका ५० घरपरिवार छनोट गरिएको थियो । कार्यालयले दिएको जानकारी अनुसार जनता आवास कार्यक्रमकालागि १४ लाखरूपैयाँ बजेट आएको छ । कार्यक्रमका लागि जिल्लामा एक करोड ७५ लाख रूपैयाँ आवश्यक पर्छ।

छनोट गरिएका लाभग्राहीलाई ३ लाख २५ हजार रूपैयाँ रकमचार किस्तामा वितरण गरिन्छ । पहिलो किस्ताबापत २५ प्रतिशत अर्थात् करिब ८५ हजार रूपैयाँ पीडितले पाउँछन् ।
पहिलो किस्तादिन ४२ लाख ५० हजार रूपैयाँआवश्यक पर्ने भएपनि सीमित बजेटका कारण पुनर्निर्माणमा समस्या भइरहेको कार्यालयका निमित्त डिभिजन प्रमुख धीर फडेराले बताए । उनका अनुसार पहिलो किस्ता वितरण नगरिएपनि छनोटमा परेका पीडितले घर निर्माण थालिसकेका छन् ।
 

प्रकाशित: १२ वैशाख २०७५ ०१:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App