१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

डाँलेचुकको व्यवसायिक खेतीमा जोड

डोल्पा – डोल्पाका वनमा सहजरुपमा पाइने सिबक्थ्रोन (डाँलेचुक)को व्यवसायिक खेती गरे आर्थिक उपार्जनको राम्रो स्रोत बन्न सक्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन्।

जिल्ला वन कार्यालय डोल्पाको आयोजनामा सदरमुकाम दूनैमा आयोजित तीन दिने तालिमका सहभागीहरुले दिगो आर्थिक उपार्जनको स्रोतकोरुपमा वनमा पाइने डाँलेचुकलाई व्यवसायिकरुपमा खेती गर्न सके हिमाली जिल्लाका बासिन्दाको आर्थिक जीवनस्तर माथि उठाउन सहज हुने बताएका हुन्।

सिबक्थ्रोन नामले डाँलेचुकको जुस स्वास्थ्यको लागि फाइदाजनक भएकाले यसको व्यवसायिक खेती तर्फ स्थानीय बासिन्दालाई आकर्सित गराउन तर्फ स्थानीय सरकारले नीति तथा कार्यक्रम नै ल्याउनु पर्नेमा सहभागीले जोड दिए।

डोल्पाका जगदुला, शे फोक्सुण्डो गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गतका बनहरुमा प्राकृतिक रुपमा आफै उम्रेको डाँलेचुकको संकलन गरेर प्रशोधन मार्फत जुस उत्पादन गरे राम्रो आम्दानी गर्न सकिने त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढा बताउँछन्।

त्रिपुरासुन्दरी नगरपालिकाले डोल्पालाई अर्गानिक सिबक्थ्रोनको रुपमा पहिचान गराउने उद्देश्यले जिल्लामै पहिलो पटक ४० हजार डाँलेचुक (सिबक्थ्रोन)का बिरुवा उत्पादन गर्ने गरी त्रिपुराकोटको गुदुम डाँडामा ११ लाखको लागतमा नर्सरी तयार गरिएको मेयर बुढाले जानकारी दिए।

तालिममा डाँलेचुक संकलन गरेर बिगत लामो समयदेखि जुस उत्पादन गरेर राम्रो आम्दानी गर्दै आएका जगदुला गाउँपालिकाका मन्दिर थापाले डाँलेचुकको मौसम समय संकलन गर्ने बिधि र जुस बनाउनुका साथै यसको व्यवस्थापनका बारेमा सहभागीहरुलाई प्रशिक्षित गरेका थिए।

डोल्पामा उत्पादित डाँलेचुक काठमाडौं, भैरहवा, नेपालगन्ज र बिराटनगर लगायत छिमेकी राष्ट्र भारत र तिब्बतमा समेत निर्या हुँदै आएको स्थानीय बताउँछन्।

प्रकाशित: ११ वैशाख २०७५ १२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App