१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

स्वास्थ्यकर्मी विहीन मुगुकाे प्रसुतिगृह

मुगु – मुगुको पुर्वी मुगुम कार्मारोङ्ग गाउँपालिकामा सुरक्षित प्रसुति सेवा, गर्भवती चेक जाँचका लागि लाखौँ रकम खर्च गरेर प्रसुति गृहका भवनहरू बनेका छन तर स्वास्थ्यकर्मी नहुँदा ति भवनहरू बेकामे बनेका छन् । भवन बेकामे बनेपनि सरोकारवाला निकाय मौन देखिएका छन्।

यो गाउँपालिकामा पाँच वटा स्वास्थ्य चौकी र तीनवटा प्रसुतिगृह छन् । ति मध्ये माँग्रीमा रहेको प्रसुतिगृह बाहेक पुलु र किम्रीमा रहेका प्रसुतिगृह जीर्ण अवस्थामा छन् ।  पुलु स्वास्थ्य चौकी र प्रसुति गृहका लागि दुई जना अहेव, एक जना हेल्थ असिस्टेण्ट, अनमी तीन जना र कार्यालय सहयोगी दुई जनाको दरबन्दी रहे पनि एक जना अहेव गाउँपालिकामा काजमा खटिएका छन भने एक जना एक जना हेल्थ असिस्टेण्ट र एक जना कार्यालय सहयोगी बाहेक अरु छैनन् । गर्भवती महिला गर्भ चेक जाँच गराउन स्वास्थ्य चौकी आउने गरे पनि दक्ष जनशक्ति नहुँदा यो सेवा नपाएरै फर्किने गरेको स्वास्थ्य चौकिका इन्चार्ज सर्पराज भामले बताए । प्रसुति सेवाका लागि तालीम प्राप्त एक जना अनमी रहे पनि अहिले जुम्लामा काजमा बसेको भामले जानकारी दिए। 

गर्भवती महिलालाई गाउँमा नै पुगेर सुत्केरी गराउने र कतिपयलाई जिल्ला अस्पताल पठाउनु पर्ने बाध्यता रहेको गाउँपालिकामा काजमा रहेका अहेव गुरु छोर्देन लामाले बताए। पुलु स्वास्थ्य चौकिबाट आसपासका गाउँ वस्ती पुग्न घण्टौं लाग्ने, स्वास्थ्य चौकीमा तालिम प्राप्त स्वास्थ्यकर्मी नबस्ने भएकाले पनि गर्भवती महिलाहरु घरमा नै सुत्केरी हुने गरिरहेका छन् । गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरूमा गर्भवती सेवा र प्रसुति सेवाका लागि दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गर्ने, स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नियमित गराउन आवश्यक पहल भइरहेको गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताए। स्वास्थ्य चौकीमा नियमित नबस्ने स्वास्थ्यकर्मीलाई कारवाही समेत गर्न सकिने गाउँपालिकाले जनाएको छ।

 

प्रकाशित: ९ वैशाख २०७५ ०६:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App