१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कृषि अर्थतन्त्र बुझाउने पुस्तक

डा. गणेशराज जोशीले नेपाली कृषि अर्थतन्त्र बारे पुस्तक लेखेका छन्। उनले लेखेको ‘एग्रिकल्चरल इकोनोमी अफ नेपालः डेभलेपमेन्ट च्यालेन्जेज एन्ड अपरट्युनिटिज’ पुस्तक शनिबार राजधानीमा विमोचन हुदैछ। अंग्रेजी भाषामा लेखिएको पुस्तकमा नेपालको कृषि अर्थतन्त्रको विकास, चुनौती र अवसर बारे विश्लेषण गरिएको छ।

पुस्तकमा पूर्व प्रकाशित लेखको समीक्षा, प्रकाशित तथा अप्रकाशित तथ्यांक समावेस छन्। लेखकले आफ्नै अध्ययन र अनुभवमा आधारित भएर यो पुस्तक लेखेका हुन्।

कृषिमा आधारित नेपालको अर्थतन्त्रका सबैजसो अव्यवहरू समेटिएको यो पुस्तक १४ खण्डमा विभाजित छ। पहिलो खण्डमा नेपाल र नेपालको अर्थतन्त्र एवं कृषि क्षेत्रको परिचयात्मक प्रस्तुति छ। दोस्रो खण्डमा विभिन्न आवधिक योजनामा कृषि क्षेत्रका लागि अवलम्बन गरिएका नीति तथा रणनीति सम्बन्धी विश्लेषण छ।

समग्रमा यो पुस्तकले नेपालको कृषिमा आधारित अर्थतन्त्रसँग सम्बन्धित क्षेत्रको जानकारी तथा तथ्यांकको विश्लेषणात्मक प्रस्तुति गरेको छ। यो नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी, विज्ञ एवं नेपालको अर्थतन्त्र तथा कृषि क्षेत्रमा रुचि राख्ने सबैलाई उपयोगी हुने देखिएको छ।

तेस्रो खण्डमा विभिन्न समयामा नेपालको आर्थिक एवं कृषि क्षेत्रका उपक्षेत्रको वृद्धिदर प्रस्तुत गरिएको छ। यही खण्डमा नेपालका मुख्य बालीको उत्पादकत्व र उत्पादन साधनको प्रयोगस्तर दक्षिण एसियाली राष्ट्र र चीनसँग तुलना गरिएको छ। यसै खण्डमा विगत ४० वर्ष भन्दा बढि अवधिमा कृषिका विभिन्न उपक्षेत्रहरू वन, सिंचाई, कृषि र भूमिसुधारमा सरकारी स्रोत एवं वैदेशिक सहायता विनियोजनको वृद्धि तथा परिवर्तनको अवस्था, नेपालको अर्थतन्त्रमा आएको परिवर्तन एवं कृषि क्षेत्रको रुपान्तरण सम्बन्धी जानकारी र नेपालको कृषि क्षेत्रको गार्हस्थ उत्पादनमा प्रविधिको योगदान विश्लेषण गरिएको छ।

चौथो खण्डमा प्रतिस्पर्धाको अवधारणा तथा नेपालको व्यापार बारे आधारभुत जानकारी प्रस्तुत गरिनुका साथै वाणिज्य नीति र नेपालको द्विपक्षिय र बहुपक्षिय व्यापार खासगरि कृषि व्यापारको चर्चा गरिएको छ। यहि खण्डमा नेपालको भारत लगायत सार्क मुलुक तथा तेस्रो मुलुकमा हुने निर्यात व्यापारको लेखाजोखा गरि सम्भाव्य क्षेत्रमा निर्यात बढाउन अपनाउनु पर्ने विभिन्न उपायको सिफारिस समेत गरिएको छ।

साना र मझौला उद्यमको अवस्था, कृषि उद्योग र कृषि व्यवसायको विकासमा सघाउ पु-याउने नीति र कानुनी संरचना एवं उपलब्ध वैदेशिक लगानी सम्बन्धी प्रस्तुति खण्ड– ५ मा गरिएको छ।

यसै खण्डमा कृषि उद्योग र कृषि व्यवसायले भोगेका समस्या तथा चुनौतीको चर्चा गर्दै यसको वृद्धिका लागि दृष्टिगत गर्नु पर्ने बुँदा उल्लेखित छन्। नेपालको खाद्य सुरक्षा तथा खाद्य संप्रभुता सम्बन्धी नीति, खाद्य सुरक्षा तथा पोषणको स्थिति र खाद्य सुरक्षाका चार स्तम्भ (उपलब्धता, पहुँच, उपयोग र स्थायित्व को विश्लेषण छैठौँ खण्डमा गरिएको छ। यसै खण्डमा विश्लेषणात्मक उदाहरण सहित नेपालको खाद्य सुरक्षा र पोषणको अवस्था सुधार गर्ने सन्दर्भमा केही सिफारिस समेत उल्लेख छन्।

कृषि क्षेत्रको सुधारको ऐतिहासिक पृष्ठभूमी र यसको आवश्यकताबारे खण्ड– ७ मा उल्लेख गर्दै नेपालमा सन् १९६१ देखि सन् २०१० सम्मका भूमिको वितरण सम्बन्धी तथ्यांक प्रस्तुत गरिएको छ। साथै भूमिको वितरण स्तरको कारणले जीविकोपार्जन र खाद्य सुरक्षामा पर्न सक्ने असरको समेत उल्लेख गरिएको छ। कृषि र पर्यटनलाई एकिकृत गर्ने सम्भावनाका बारेमा खण्ड– ८ मा उल्लेख छ।

यस खण्डमा नेपालमा पर्यटनको वर्तमान अवस्था, विगत ५० वर्षमा पर्यटकको आगमन स्थिति, पर्यटनको प्रवर्धनका लागि अवलम्बन गरिएका विभिन्न नीति तथा रणनीति, कृषि पर्यटनको कार्यक्षेत्र, पर्यटन क्षेत्रले भोग्नु परेका समस्या तथा चुनौतीको चर्चा तथा विश्लेषण गर्दै भविष्यमा कृषि पर्यटनको प्रवर्धन तथा विकासको कार्यदिशा समेत उल्लेख गरिएको छ। यसैगरी खण्ड– ९ मा कृषिको विकास र महत्व, खण्ड– १० मा नेपालमा जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा पर्न सक्ने असरहरू, खण्ड– ११ मा नेपालको कृषि अनुसन्धानको वर्तमान अवस्था र यसले भोगेका समस्या, खण्ड– १२ मा कृषि वित्तको महत्व, खण्ड– १३ मा नेपालमा कृषिक्षेत्रसँग सम्बन्धित संस्थागत विकास, र खण्ड– १४ मा कृषि क्षेत्रको विकासका चुनौती उल्लेख छन्।

समग्रमा यो पुस्तकले नेपालको कृषिमा आधारित अर्थतन्त्रसँग सम्बन्धित क्षेत्रको जानकारी तथा तथ्यांकको विश्लेषणात्मक प्रस्तुति गरेको छ। यो नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी, विज्ञ एवं नेपालको अर्थतन्त्र तथा कृषि क्षेत्रमा रुचि राख्ने सबैलाई उपयोगी हुने देखिएको छ।

प्रकाशित: ८ वैशाख २०७५ ०२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App