१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

अक्षय कुमार घाइते

मुम्बई– बलिउड अभिनेता अक्षय कुमार घाइते भएका छन्। फिल्म ‘केसरी’को एक्सन सीनको शुटिङ्गका क्रममा उनी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। फिल्मको क्लाइमेक्स शुटअन्तर्गत युद्ध सीन छायांकन भइरहेका बेला अक्षयलाई चोट लागेको थियो।

गहिरो चोट लागेपछि उनी तत्काल सेट छाडेर हेलिकप्टरबाट अस्पताल गएका थिए। यद्यपी उनी अहिले मुम्बई नगएर सुटिङ्गस्थल नजिकै आराम गरिरहेका छन्। स्वास्थ्यमा सुधार आएसँगै पुन शुटिङ्ग सुरु गर्ने उनको योजना छ।

अक्षय कुमारको मुख्य अभिनय रहेको ‘केसरी’ को शुटिङ्ग महाराष्ट्रको सतारा जिल्लास्थित वाई भन्ने ठाउँमा भइरहेको छ। फिल्मको कथा सारगढीको लडाईमा आधारित छ। 

प्रकाशित: ६ वैशाख २०७५ ११:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App