१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

हलिउडमा राधिका पाइला

मुम्बई– बलिउड अभिनेत्रीद्वय प्रियंका चोपडा र दीपिका पादुकोण पछि अब अर्की अभिनेत्री राधिका आप्टेले हलिउडमा डेब्यु गर्ने भएकी छन् । फिल्ममा अभिनयका लागि उनले एक हलिउड प्रोजेक्टमा हस्ताक्षर गरिसकेकी छन्।

समाचार अनुसार राधिकाले डेब्यु गर्न लागेको हलिउड फिल्म ‘वल्र्ड वार २’को चाँडै सुटिङ शुरु हुँदैछ । राधिका पछिल्लो पटक अक्षय कुमारसँग फिल्म ‘पैडमैन’मा देखिएकी थिइन् ।  हलिउड फिल्ममा राधिका नूर इनायत खानको भूमिकामा देखिनेछिन् । नूर पहिलो वायरलेस अपरेटर हुन्।

फिल्मको कथा ब्रिटिस जासुस अफिसर वेरा अटकिन्स वरपर घुम्नेछ । अफिसरको भूमिकामा कैस्टल एलम हुनेछन् ।  राधिकाले आफूले हलिउड फिल्ममा काम गर्न लागेको कुरा ट्वीटरमा ट्वीट गरिसकेकी छन् । यो हलिउड फिल्मलाई लाइडिया डिन पिल्चरले निर्माण र निर्देशन गर्नेछन्।

राधिका चाँडै फिल्म ‘बाजार’मा देखिँदैछिन् । आगामी अप्रिल २६ मा रिलिज हुने फिल्ममा सैफ अली खान, चित्रांगदा सिंह, अतुल कुलकर्णी र सौरभ शुक्ला प्रमुख भूमिकामा छन् । राधिकाले बलिउडमा प्रायः गम्भीर भूमिकामा अभिनय गरेकी छन् । राधिकाले सन् २००५ मा फिल्म ‘वाह लाइफ हो ती ऐसी’बाट फिल्मी करियर शुरु गरेकी थिइन्।    
 

प्रकाशित: ३ वैशाख २०७५ ०४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App