१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

म्यानचेष्टर सिटी प्रिमियर लिगको उपाधि नजिक

इङल्याण्ड – म्यानचेष्टर सिटी इङलिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ।

प्रतियोगिताअन्तर्गत शनिबार राति भएको खेलमा टोटेनह्यामलाई ३–१ ले हराएसँगै सिटी उपाधिबाट अब मात्र ३ अंकले पछि छ। सिटीले अब एक खेल जिते यस सिजनको प्रिमियर लिगको उपाधि उचाल्नेछ।

सिटीको जितमा २२ औं मिनेटमा गाब्रियल जिसस, २५ औं मिनेटमा गुण्डोगान र ७२ औं मिनेटमा रहिम स्टिर्लिङले गोल गरे। टोटेनह्यामका इरिक्सनले ४२ औं मिनेटमा एक गोल फर्काए।

जितपछि शीर्ष स्थानको सिटीको ३३ खेलबाट ८७ अंक भएको छ। दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेडको ३२ खेलबाट ७१, तेस्रो स्थानको लिभरपुलको  ३४ खेलबाट ७० र चौथो स्थानको टोटेनह्यामको ३३ खेलबाट ६७ अंक छ।

त्यस्तै लिग अन्तर्गत आइतबार (आज) बिहान सम्पन्न खेलमा तेस्रो स्थानको लिभरपुलले ११ औं स्थानको बर्नमाउथलाई ३–० स्तब्ध पाारेको छ। लिभरपुललाई जिताउन सातौं मिनेटमा साडियो माने, ६९ औं मिनेटमा मोहमेद सलाह र ९० औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गरे।

प्रकाशित: २ वैशाख २०७५ ०५:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App