१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हराएका ४ बालक भारतमा फेला

सर्लाही-जिल्ला स्थित हरिवनबाट झण्डै एक महिना अघि वेपत्ता भएका ३ बाल एवं एक किशोर भारतमा फेला परेका छन्।

चैत ३ गते दिउँसोबाट सम्पर्क विहिन भएका हरिवन नगरपालिका–११ निवासी पुष्पकुमार स्याङतानका छोरा १२ वर्षीय करुण स्याङतान, सन्तोष गौतमको छोरा ११ वर्षीय सुमित गौतम र सकल गोलेका छोरा ११ वर्षीय संसार गोले तथा १६ वर्षीय किशोर नवराज भन्ने कुमार लामा भारतमा फेला परेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। १६ वर्षीय कुमारको लहैलहैमा लागेर काम गर्न भन्दै ४ जना भारत तर्फ गएको प्रहरीले जनायो।

‘हराएका ४ जना नै भारतको बज्रटोला छाप्रा पुलिस स्टेशनले फेला पारेको छ’, ईलाका प्रहरी कार्यालय हरिवनका निरीक्षक रामकाजी थापाले भने, ‘प्रकृया पुर्‍याएर घर ल्याउनका लागि पहल भईरहको छ।’

हराएका बालक एवं किशोरका अभिभावकले चैत ४ गते प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए। अभिभावकको उजुरी लगतै प्रहरीले प्रधान कार्यालय मार्फत मुलुकभर तथा सीमा क्षेत्रका भारतीय प्रहरी इकाईहरुमा समेत अनौपचारिक रुपमा फोटो सहितको विवरण संचार गरेको थियो।

प्रधान कार्यालयको बालबालिका खोज केन्द्र अन्तर्गत भारतीय प्रहरीसँग समन्वय गरेर बालक एवं किशोरलाई ल्याउने प्रयास भईरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए। साता अघि नै बालकहरुलाई भारतीय प्रहरीले फेला पारेको थियो। ‘प्रकृया पुर्‍याएर ल्याउनु पर्ने हुँदा ढिलाई भएको हो’, प्रनि थापाले भने, ‘चाँडै नेपाल ल्याउने प्रयास भईरहेको छ।’

प्रकाशित: १ वैशाख २०७५ १२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App