पाँचथर – शनिबार र आईतबार नेपाल–भारतको सिमाना पाँचथरको फालेलुङको चाररातेमा सम्पन्न हुने दोस्रो चौरी महोत्सवको तयारी तीव्र रुपमा भइरहेको आयोजकले जानकारी दिएको छ।
महोत्सव हुने स्थानको सजावट, अतिथिको खाना बास, महोत्सवको प्रस्तुतीका तयारीहरू तीव्र रुपमा भइरहेको जानकारी दिइएको छ।
महोत्सवमा उच्च पहाडी तथा हिमाली क्षेत्रबाट चौरी भेला पार्ने काम भइरहेको आयोजक फालेलुङ–कञ्चनजंगा पर्या–पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष डिल्ली केरुङले जानकारी दिए। परम्परागत रुपमा हिमाली तथा उच्च पहाडी क्षेत्रमा पालिने चौरीको सम्वर्द्धन तथा पर्यटन प्रवर्द्धन गर्ने भन्दै महोत्सव गरिन लागिएको हो।
क्रस बोर्डर टुरीजमको प्रवर्द्धन गर्ने महोत्सवको लक्ष्य रहेको छ। महोत्सव हुने ठाउँ भौगोलिक रुपमा निक्कै कठिन ठाउँमा रहेको छ। बस्ती छैन। गोठपनि एकदम कम रहेका छन्। तर महोत्सवमा सहभागी हुनका लागि धेरै उत्साहितहरू विभिन्न जिल्लाका रहेको आयोजकले जनाएको छ। अस्थायी रुपमा बास तथा खानको प्रबन्ध गरिएको जानकारी दिइएको छ। महोत्सवको पहिलो दिन अवलोक भ्रमण, उद्घाटन, चोरी प्रदर्शन र दोश्रो दिन सांस्कृतिक कार्यक्रम राखिएको छ। महोत्सवमा नेपाल र भारतका कलाकार सहभागी हुने बताइएको छ।
परम्परागत गोठ संस्कृतिको प्रवर्द्धन, चौरी पालकलाई हौसला, पर्यटन प्रवर्द्धन, दुधजन्य उत्पादनको प्रचार तथा स्थानीय आकर्षक गन्तव्यको देश दुनियामा पुर्याउने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष केरुङले जानकारी दिए।
कञ्जनजङ्गा हिमालसम्मको पदमार्गको प्रवर्द्धन गर्दै दुई देशीय क्रस बोर्डर टुरीजमलाई प्रवर्द्धन गर्ने योजना रहेको केरुङले बताए। बहुमूल्य जरीबुटी संरक्षणका लागि सचेतना, आकर्षक उच्च पहाडी तथा हिमाली क्षेत्रको सौन्दर्यताको प्रचार लगायतका काम समेत गर्ने बताइएको छ। नेपाल र भारतको सांस्कृतिको प्रस्तुती समेत राखिने जानकारी गराइएको छ। यो क्षेत्रको प्रवर्द्धनमा यो महोत्सवले सहयोग खेल्ने दिपज्योती युवा क्लवका निर्देशक सुनिल बान्तवाले जानकारी दिए।
५ सयको हारहारीमा चौरी प्रदर्शन गर्ने आयोजकको लक्ष्य रहेको छ। विभिन्न स्टलहरू समेत राखिने बताइएको छ। याक राईड, हर्ष रेस, दुधजन्य पदार्थको प्रदर्शन तथा विक्रीवितरण, पशुपालनका परम्पराको प्रदर्शनी लगायतका कार्यक्रम राखिएको छ। गुरास फुल्ने समयमा आयोजना भएको महोत्सवमा शुल्क लिएर खाने र बस्ने व्यवस्था मिलाइने छ।
महोत्सवलाई सरकारी तथा गैरसकारी क्षेत्रका दुई दर्जन सस्थाले प्रवद्र्धन गरेका छन्। इसिमोड, वन कार्यालय लगायतका सस्था प्रवर्द्धक हुन। महोत्सव १५ लाख रुपैयाँ खर्चिए सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...
यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...
नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...
यसमा तपाईको मत